arrow

तीन सय केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत ३ बिहिबार
makawanpur_prahari.jpeg
हेटौंडा । तीन सय केजी गाँजा सहित भारतीय नागरिक पक्राउ मकवानपुरबाट पक्राउमा परेका छन् । मकवानपुर प्रहरीले मनहरी चेकपोष्टबाट १६ वटा बोरामा ३ सय ७ केजी गाँजा सहित भारत मोतीहारी पुर्वी चम्पारण ७ का अशोककुमार दुबेलाई पक्राउ गरेको । 
 
मकवानपुरको सुनाचुरीबाट लोड गरिएको गाँजा र भारतीय डब्लु वि ११–८५२४ नंबरको गाडी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त लामाले बताए । पक्राउ गरिएको  ग़ाज़ा र दुबेलाईअनुसन्धान भईरहेको प्रहरी प्रमुख लामाले बताए।
 
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बेदप्रसाद गौतमको नेतृत्वमा खटीएको प्रहरी टोलीले मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड गोली बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ