arrow

सलमान खान र अक्षय कुमार एउटै चलचित्रमा देखिने

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
salman_4kqPvua.jpeg
एजेन्सी । बालिउड अभिनेता सलमान खान र अक्षय कुमार एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् । सलमानले बुधबार  अक्षय कुमारसँग एउटा चलचित्रमा काम गर्न गइरहेको बताएका हुन् । साथै सलमानले बाहिरि अफवाहमा विश्वास नगर्न पनि आग्रह गरेका छन् ।  सलमान खानले  ट्वीट गर्दै , “अफवाह नपत्याउनुस् ।  एक पटक मैले कमिटमेन्ट गरे  अक्षय कुमारसँग चलचित्र गर्दैछु ।”
 
यस बर्षको सुरुवातमा सलमानले अक्षय कुमारसँग चलचित्रमा काम गर्ने र चलचित्रको निर्माता करण जोहर हुने बताएका थिए । सलमानले चलचित्रमा अक्षय हिरो हुने समेत बताएका थिए । चलचित्रमा सलमान सह निर्माता रहनेछन् । चलचित्र २०१८ मा रिलिज हुनेछ । चलचित्रको निर्देशन ‘रकीब’, ‘जाट एण्ड जुलियट’ का निर्देशक अनुराग सिंहले निर्देशन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ