arrow

१५ मिनेटको गोप्य भेटमा गृहमन्त्री निधि र स्वराजबीच के-के भयो कुरा ?

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
NIDHI_susma.jpeg
नयाँदिल्ली । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय बिदेशमन्त्री शुष्मा स्वराजबीच बिहीबार अपरान्ह भेटबार्ता भएको छ । स्वास्थ्य समस्याका कारण केही समय आराम गरिरहेकी बिदेशमन्त्री स्वराजले गृहमन्त्री निधिसँग भने उच्चस्तरीय भेटघाट गरेकी हुन् । दुई देशका प्रतिनिधिहरुको भेटघाट अघि बिदेशमन्त्री स्वराज र गृहमन्त्री निधिबीच करिब १५ मिनेट छुट्टै भेटघाट भएको थियो । 
 
सो भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको घटनाबारे बिदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराएको निधीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । बिदेशमन्त्री स्वराजले कञ्चनपुर घटना अपसोचपूर्ण घटना भन्दै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गरेकी थिईन् । 
 
गृहमन्त्री निधिले पोष्टमार्टम र फरेसिन्क रिपोर्ट अनुसार भारतीय सुरक्षाकर्मीबाट मृत्यु भएको बताउँदै घटनाको अनुसन्धान गरी दोषीमाथि कार्बाही गर्नुपर्नेमा जोड दिएका थिए । जबाफमा बिदेशमन्त्री स्वराजले अनुसन्धानमा नेपाल सरकारको पनि सहयोग हुनुपर्ने भन्दै दोषीमाथि कार्बाही गर्ने प्रतिबद्धता जनाएकी थिईन् । गृहमन्त्री निधि र बिदेशमन्त्री स्वराजले भबिष्यमा यस्ता घटना दोहोरिन नहुनेमा जोड दिएका थिए ।  
 
भेटमा गृहमन्त्री निधिले नेपाल भारत सीमा बिबादका सम्बन्धमा बिगत तीन बर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राबिधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राबिधिक कामलाई थप गति दिने प्रस्ताब गरेका थिए । बिदेशमन्त्री स्वराजले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको बताएकी थिईन् ।
 
भारतीय सहयोगमा बन्ने हुलाकी राजमार्ग, महाकाली पुल लगायतका विकास निर्माणसम्बन्धी काम काम समयमै सम्पन्न गराउनका लागि गृहमन्त्री निधिले बिदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराएका थिए । भारत सरकार बाँकी काम समयमै सम्पन्न गराउन सकारात्मक भएको स्वराजको भनाई थियो । 
 
त्यसक्रममा गृहमन्त्री निधिले आगामी निर्बाचनका लागि गृहमन्त्रालय र निर्बाचन आयोगलाई बिगतमा जस्तै लजिस्टिक सपोर्ट गर्नका लागि आग्रह गरेका छन् । स्वराजले लजिस्टिक सपोर्ट गर्न भारत सरकार सकारात्मक भएको बताईन् । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए । 
 
प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली आएका उपप्रधानमन्त्री निधि बिहीबार स्वदेश फर्कँदै छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ