arrow

फोटोकपी गरेको प्रश्नपत्रबाट परिक्षा दिए विद्यार्थीले

logo
प्रेम रौले,
प्रकाशित २०७३ चैत ३ बिहिबार
photocopypaper.jpeg
 बाजुरा ।  माध्यमिक शिक्षा परिक्षाको पहिलो दिनको विषयको अंग्रेजी विषयको पेपर अपुग भएको जिल्ला शिक्षा कार्यालय बाजुराल जनाएको छ । सदरमुकाम मार्तडीमा रहेको मालिका माध्यमिक विद्यालयको परिक्षा केन्द्रमा प्रश्न पत्र अपुग भएपछि केन्द्राध्यक्षलाइ फोटोकपी गरेर विद्यार्थीलाइ परिक्षा दिनबाट बञ्चित नगर्न निर्देशन दिएको जिल्ला शिक्षा कार्यालय बाजुराका विद्यालय निरिक्षक कमल बहादुर बमले बताए ।
 
उनले माध्यमिक शिक्षा परिषदमा जिल्लाको विद्यार्थी संख्या र परिक्षा केन्द्र पठाएको भएपनि परिक्षा नियन्त्रण कार्यालयले कम प्रश्न पत्र पठाएको विद्यालय निरिक्षक बमले जानकारी दिए । उनले परिक्षामा कम प्रश्न पत्र आएकाले फोटोकपी गरेर परिक्षार्थीलाइ वितरण गरेको स्वीकार गरे।  एसइइ परिक्षाको पहिलो विषयमै अपुग भएपछि अन्य विषयको पनि कम भएको हुन सक्ने बमको भनाइ छ । 
 
मालिका माविको परिक्षा केन्द्रमा २९ वटा  प्रश्न पत्र अपुग भएको मालिका माविका परिक्षा केन्द्रका केन्द्राध्याक्ष उत्तमराज जोशीले बताए। जोशीले जिल्ला कारागारका ५ जना कैदीले परिक्षा दिएको बताए । परिक्षा प्रश्न पत्र मध्ये अपुग भएको उनले बताए । निर्देशीका अनुसार फोटोकपी गरेर बाडेको जोशीले बताए ।
 
मालिका मावि परिक्षा केन्द्रमा परिक्षा दिन आएका चायाकोट माविका विद्यार्थी जयलाल खड्काले प्रश्न पत्र फोटोकपी गरेको हुदा प्रश्न नै नबुझेर परिक्षा दिएको बताइए । उनले परिक्षा दिदा फोटोकपी गरेर दिनु भनेको विद्यार्थीको जिन्दगीमा नै बर्बाद हुने बताए  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ