arrow

सडक महोत्सवले पोखरा झकिझकाउ

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
street-fest.png.png
पोखरा । आजदेखि सुरु हुने पोखरा सडक महोत्सवका कारण विद्युत्भार कटौतीको फिस्टेल गेटदेखि लगभग तीन किलोमिटर क्षेत्रको डिहिकोपाटनसम्म यतिखेर झकिझकाउ पारिएको छ ।  रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, पोखराले प्रत्येक अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी विगत १६ पटकसम्म सञ्चालन गर्दै आएको महोत्सवको आज औपचारिक शुभारम्भ गर्ने तयारीस्वरूप नयाँ दुलही जस्तै गरी सिङ्गारिएको हो । 

भूकम्प र नाकाबन्दीका कारण प्रभावित यहाँको पर्यटनलाई उकास्नका लागि महत्वपूर्ण हुने विश्वास गरिएको महोत्सवका कारण यतिखेर विद्युत्भार कटौती क्षेत्रमा लगभग ६० प्रतिशत होटल बुकिङ भइसकेको छ ।  सडकको दायाँबायाँ ढाक्ने गरी टाँगिएका तुल ब्यानरले पर्यटकलाई स्वागत गरिरहेका छन् भने घरको छत, रुखलगायतमा झिलीमिली बत्ती जडान गरिएका कारण रौनकता छुट्टै छाएको छ । 

महोत्सव मूल आयोजक समितिका संयोजक दोर्जे लामाका अनुसार रेवान पोखराले अङ्ग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्षको बिदाइ गर्दै हरेक वर्ष पोखरामा सडक महोत्सव गर्दै आएकामा यो १७औँ संस्करण हो ।  महोत्सवको तयारी पूरा भएको बताउँदै संयोजक लामाले भने– “सडकमै खाऔँ, सडकमै नाँचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित पर्यटकीयस्थललाई पूरै समेटेर पुस १३ देखि १७ गतेसम्म हुने छ ।” 

स्वदेशी तथा विदेशी खानाका परिकार सडकमै बसेर लिन सकिने र विभिन्न सांस्कृतिक कार्यक्रम राखिने रेवानले जनाएको छ । फेवातालको किनारामा रहेको वसुन्धरा पार्कमा मुख्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने छ । रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई गत वैशाख १२ को भूकम्प र नाकाबन्दी कारण विद्यमान इन्धन सङ्कटमा पनि महोत्सवमा ग्यासको अभावका कारण कुनै पनि खानाका परिकार नघटाउने गरी व्यवस्थापन गरिसकिएको बताउँछन् । 

महोत्सवमा विभिन्न जातजातिका कला र संस्कृति झल्किने नाचगान र झाँकी प्रदर्शन गरिने र संस्कृतिको प्रचारप्रसार एवम् जगेर्नालाई समेत दृष्टिगत गरी देवीदेवताको अवतारमा आधारित लोपोन्मुख बालन नाच पनि देखाइने भएको छ ।  सांस्कृतिक संयोजक चौबहादुर गुरुङले यसवर्ष सडक महोत्सवमै पहिलोपटक पाल्पाको रामपुरबाट दश अवतार अर्थात् बालन नाच देखाइने जानकारी गराए । 

चितवनको थारु नाच, भारतीय र चाइनिज संस्कृति झल्कने प्रस्तुति, मगरहरूको कौडानाच, गुरुङहरूको घाटुनाच, तामाङसेलो, किराती संस्कृतिलगायतको प्रस्तुति पनि महोत्सवमा प्रदर्शन गरिने छ ।  महोत्सवमा झन्डै चार लाख पाहुना भित्रने अपेक्षा गरिएको बताउँदै लामाले मेलालाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्था, स्वास्थ्य शिविर, यातायात, दमकललगायतका अत्यावश्यकीय पक्षको व्यवस्थापन गरिसकिएको बताए ।

महोत्सव अवधिभर विद्युत्भार कटौतीका रेस्टुराँमा १५ प्रतिशत छुटसहितको छुट्टै मेनुको व्यवस्था गरिएको छ भने पर्यटकीयस्तरीय होटलमा ४० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको रेवानले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ