arrow

दलहरुबीच के होला भनेर निर्वाचन आयोगले नकुर्ने, मतपत्र छपाइ केही दिनमै

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
election.jpeg
काठमाडौं । निर्वाचन आयोगले दलहरुबीचको सहमति के होला भनी नकुर्ने भन्दै स्थानीय निकाय निर्वाचनको तयारी तीव्र रुपले अगाडि बढाएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन ऐन अनुसार काम तीव्र रुपमा अगाडि बढेकाले कुन दलको के होला भनी आयोग पछि नलागेको बताए । 
 
मधेसी मोर्चाले चुनावमा देखाएको नैराश्यताप्रति केन्द्रीत गर्दै उनले नियमानुसार चल्नका लागि निर्वाचन आयोग पछि नहट्ने बताए । आयोगले कुनै दललाई काखा वा पाखा नगरेकाले आयोग कहीं कतै नचुेकेकोसमेत शर्माले स्पष्ट पारे ।
 
उनले स्थानीय चुनावको लागि मतपत्र छपाइमा केही प्राविधिक समस्या आएकाले ढिलाइ भएको स्वीकार्दै केही दिनमै छपाइको काम हुने पनि बताए । उनले गर्नुपर्ने आवश्यक तयारीमा कमी आएकाले ढिलाई भएको स्वीकार्दै छिट्टै थालिने बताए । 
 
मतपत्रमा यसअघिको निर्वाचनमा प्राप्त मतका आधारमा दलीय क्रम राखिने छ । जसमा बढी मतका आधारमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख पहिलो, नेकपा एमालेको सूर्य दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो तथा राप्रपाको गाई चौथो स्थानमा रहने छ । 
 
राप्रपाले शुक्रबार औपचारिक रुपले गाईलाई चुनाव चिन्ह सार्वजनिक गर्दै चुनावी अभियान थाल्दैछ । निर्वाचन आयोगका प्रवक्ता शर्माले भने दल दर्ता गर्दा नै राप्रपाको चुनाव चिन्ह आइसकेको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ