arrow

शहीद गोबिन्द गौतमको परिवारलाई एमालेको पाँच लाख सहयोग

logo
ईश्वरदत्त बडू,
प्रकाशित २०७३ चैत ४ शुक्रबार
laptop-govinda-gautam.jpeg
कञ्चनपुर। नेकपा एमालेको पूर्वको झापादेखि शुरु गरिएको मेची–महाकाली राष्ट्रिय अभियान २०७३ कञ्चनपुरको महेन्द्रनगर पुगेर समापन गरिएको छ। बिहीबार एमाले महेन्द्रनगरको खुला मञ्चमा बृहत जनसभा आयोजना गरी अभियानको औपचारिक रुपमा समापन गरिएको हो।
 
सभामा बोल्ने एमाले नेताहरुले संविधान कार्यान्वयन र एमालेप्रति मधेशमा फैलाएको भ्रम चिर्नका लागि अभियान थालेको बताएका छन्। एमालेको अभियान कसैप्रति लक्षित नभई राष्ट्रियताको सवालमा भएको समेत नेताहरुको भनाई छ। नेताहरुले अभियान संगै एमालेमा जनलहर बड्दै गएको समेत दाबी गरेका छन्। सभामा बोल्ने एमाले शीर्ष नेताहरुले पुनर्वास घटनामा भारतले गम्भिर गल्ती गरेको भन्दै भारतले नेपालसंग माफी माग्नुपर्नेमा जोडदिएका छन्। उक्त अभियानमा एमालेका एक हजार सहभागी रहेका थिए।
 
जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए। मधेशीलाई संविधानको अपनत्व गराउने नाममा निर्वाचन रोक्न नहुने बताउदै अध्यक्ष ओलीले संविधान र निर्वाचन भाड्का लागि संविधान प्रस्ताव ल्याएको जिकिर गरे। सरकारले निर्धारित गरेको मितिमै निर्वाचन गराउनुपर्नेमा अध्यक्ष ओलीले जोडदिए। चौहत्ततर माघ भित्रै तीनै तहको निर्वाचन गराउन नसके मुलुकमा फेरी संवैधानिक सङ्कट उत्पन्न हुने भन्दै अध्यक्ष ओलीले निर्वाचन कुनै पनि बहानामा टार्न नहुने बताए।
 
अध्यक्ष ओलीले अहिले केही व्यक्ति समुहले साम्प्रादायिकता, भूगोल, जातीयताका विषयहरुलाई लिएर एक नेपालीले अर्को नेपालीमाथीको वैमनस्यता फैलाउने काम गरेको समेत आरोप लगाए। राष्ट्रिय एकताका लागि मेची काली अभियान थालिएको भन्दै अध्यक्ष ओलीले उखान मार्फत हत्केलामा सुर्य छेकिदैन, अरु आफ्नो आँखा छेक्न सकिने बताए।
 
एमाले महासचिव ईश्वर पोख्ररेलले निर्वाचन टार्न षड्यन्त्र भईरहेको भन्दै त्यसलाई एमालेले उत्त षड्यन्त्रलाई चिर्ने बताए। यस्तै सभामा एमाले उपाध्यक्ष तथा सात नम्बर प्रदेशका इन्चार्ज भीम बहादुर रावलले चुनाव हार्ने डरले मधेशीहरुले एमालेको अभियान बाँडेको बताए। नेपाल भारत र चीन संग समान सम्बन्ध राख्न चाहेको बताउदै नेता रावलले भारतले नेपालको राष्ट्रियतामा धावा बोल्न नहुने बताए । नेता रावलले देशको अस्मिताको रक्षा गरोस या सरकार छोड्ने सरकारलाई चेतावनी दिए। 
 
एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गले स्वागत मन्तव्य राखेका थिए, भने एमाले कञ्चनपुरका जिल्ला इन्चार्ज विक्रम शाहीले संचालन गरेका थिए। कार्यक्रम्मा सुदूरपश्चिमको लोक नृत्य समेत प्रस्तुत गरिएको थियो। 
 
यसैबीच एमाले पार्टीले पुनर्वास घटनामा ज्यान गुमाएका शहिद गोबिन्द गौतमको परिवारलाई रु.पाँच लाख र एक थान  ल्यापटप समेत सहयोग गरेको छ। एमाले अध्यक्ष केपी ओलीले पाँच  लाख रुपैयाँ को चेक र एक थान ल्यापटप एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङलार्इृ हस्तान्तरण गरेको छ। उनले भोली नै उक्त सहयोग रकम र ल्यापटप गौतमको परिवारलाई हस्तान्तरण गरिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ