arrow

सामाजिक पूननिर्माणको काम सबैभन्दा कठीनः कार्यकारी अधिकृत पोखरेल

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
sei-govinda.jpeg
काठमाडौं। राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक गोविन्दराज पोखरेलले भूकम्पपछिको सामाजिक पूननिर्माणको काम सबैभन्दा कठीन रहेको जनाएका छन् । शान्ति शिक्षा अभियान नेपालले ललितपुरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक पूननिर्माणको काम धेरै बाँकी रहेको उल्लेख गर्दै त्यसमा हरेक समुदाय तथा सामाजिक संघ संस्थाको भुमिका आवश्यक र महत्वपूर्ण हुने बताए । 
 
सामाजिक, भौतिक  र  आर्थिक पूननिर्माणको कामलाई सँगै लिएर जान सके मात्र सहि अर्थमा पूननिर्माण हुने पोखरेलले बताए । ' पूननिर्माण ढीलो भयो भन्ने गुनासो पनि छ तर पूननिर्माण ढीलो भयो भन्दा पनि राम्रो भयोकी भएन भन्ने महत्वपूर्ण हो ' पोखरेलले बताए । 
 
कार्यक्रममा भूकम्पपछि ललितपुर, काठमाडौं, काभ्रेपलाञ्चोक र दोलखाका २२ वटा विद्यालय पूननिर्माण गरिसकेको शान्ति शिक्षा अभियानले ललितपुरका जिल्ला शिक्षा कार्यालय अन्तर्गतका १५ वटा स्रोत केन्द्रलाई ल्यापटप हस्तान्तरण गरको थियो । ल्यापटप हस्तान्तरण गर्दै प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले भने, '  सिंहदरवारले पूननिर्माणका लागि माहौल बनाउने हो । काम समुदाय, सामाजिक संघसंस्था र व्यक्ति स्वयंले नै गर्ने हो । ' विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोग जुटाइ शिक्षा क्षेत्रमा योगदान गर्दै आएको अभियानले ३ करोड रुपैयाँ पूननिर्माण तथा विद्यालय शिक्षामा खर्च गरेको संस्थाका अध्यक्ष रविन्द्र महर्जनले बताए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। 
 
 
कार्यक्रममा ललितपुरबाट प्रतिनिधित्व गर्ने सांसद मदन अमात्यले भुकम्पपछि शिक्षा क्षेत्र पूननिर्माणको चुनौती रहेको बताउँदै सरकारलाई यसमा गम्भिर ध्यान दिन आग्रह गरे । अर्का सांसद चन्द्र महर्जनले नीजि र सरकारी दुई किसिमको शिक्षाको अवस्थालाई न्यूनिकरण गर्न सामुदायिक विद्यालयको तहमा काम गर्नुपर्ने आवश्यकता औंल्याए । 
 
कार्यक्रममा पूर्व सांसद रामृकष्ण चित्रकार, प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले लगायतले शान्ति शिक्षा अभियानले शिक्षा र पूननिर्माणको क्षेत्रमा पुर्या एको योगदानको बारेमा बोलेका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ