arrow

फिलिपिन्स बिरुद्धको खेलकालागि नेपाली फुटबल टोली घोषित, अनिल गुरुङ अटाएनन्

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
anfa.jpeg
काठमाडौं। एसिया कप २०१९को छनौट प्रतियोगिता अन्तर्गत फिलिपोन्स बिरुद्धको खेलकालागि अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। 
 
बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्य बीस खेलाडी अन्तिम छनऔटमा परेका छन्। अनिल गुरुङ अन्तिम छनौटमा पर्न सकेनन्। उनी लगायत एलन न्यौपाने,  राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत पनि टिममा पर्न सकेनन्। 
 
नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले नेपाली घरेलु फुटबलका स्टार स्ट्राईकर करण लिम्बुलाई टिममा समावेश गरेका छन्। चोटका कारण खेल्न नसक्ने भएपछि नवयुग श्रेष्ठको ठाउँमा कर्णाइ टिममा राखेका हुन्। कर्णले नेपाली राष्ट्रिय टोलीबाट एक खेल मात्र खेलेका छन्। 
 
नेपाली टोली यस प्रकार रहनेछन् :
 
गोलरक्षकः बिकेश कुथु, किरण कुमार लिम्बु र बिशाल श्रेष्ठ
 
रक्षापंक्ति: रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल र जितेन्द्र कार्की
 
मध्यपंक्ति: रोहित चन्द, बिशाल राई, हेमन गुरुङ, बिक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ
 
अग्रपंक्ति:  बिमल घर्तीमगर, रञ्जन विष्ट, भरत खवास र कर्ण लिम्बु
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ