arrow

निर्वाचनको प्रचार गर्दा ठूलो झण्डा र व्यानर निधेष, यस्तो छ मापदण्ड

प्रचारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
Election_local_2074.jpeg
काठमाडौं । स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले तोकिएको भन्दा बढी आकारको झण्डा र ब्यानर प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ । निर्वाचन आचार संहितामा नै आयोगले यी विषयलाई उल्लेख गरी झण्डा र व्यानरको मापदण्ड तोकेको हो । आयोगले तोके भन्दा ठूलो ब्यानर र झण्डा प्रयोग गरेको खण्डमा आयोगले कानून बमोजिम कारबाही गर्ने जनाएको छ । 
 
आयोगका अनुसार उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिएर प्रयोग गरेको सवारी साधनमा ३ फिट उचाई र ५ फिट लम्बाई भएको भन्दा ठूलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । त्यस्तै, अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिटलम्बाई र ३ फिट चौडाई भन्दा ठूलो आकारको पोष्टरको प्रयोग गर्न पनि प्रतिवन्ध लगाईएको आयोगले जनाएको छ । जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १० इन्च चौडाई र १८इन्च लम्बाई भन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न पनि आयोगले प्रतिबन्ध लगाएको छ । 
 
आयोगले मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मत परिणामको घोषणा नभएसम्मको समय बाहेक अरु दिन उम्मेदवार र उनीहरुका समर्थकले जुलुस, आमसभा, र्‍याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रमहरु बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाउने व्यवस्था गरेको छ । 
 
फरक प्रसंगमा आयोगले राजनीतिक दलले आयोजना गरेको जुलुस, आमसभा, र्‍याली, बैठक, भेला वा निर्वाचन कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्‍याउन र एकभन्दा बढी उम्मेदवार वा राजनीतिक दलले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, र्‍याली, बैठक वा भेला गर्न पनि प्रतिबन्ध लगाईएको जनाएको छ । यसका अलावा प्रचलित कानून वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री जुलुस, आमसभा, र्‍याली, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्नपनि प्रतिबन्ध लगाईएको आयोगले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ