arrow

[अपडेट] गुर्जुधारा दूर्घटनामा ज्यान जानेको संख्या २ पुग्यो

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
accident-final.jpeg
काठमाडौं । काठमाडौंको गुर्जुधारामा भएको दूर्घटनामा परी ज्यान जानेको संख्या दुई पुगेको छ । शुक्रबार विहान काठमाडौं तर्फ आउँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेलभएपछि अनियन्त्रित भई तीन साना सवारीमा ठक्कर दिँदा यस्तो घटना घटेको हो । दुर्घटनामा ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो । सो क्रममा घाईते भएका ट्याक्सी चालक कान्छा लामाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
त्यस्तै, मिनिबस चालक डम्बर पोखरेलको पनि उपचारको क्रममा बल्खु स्थित बयोधा अस्पतालमा उपचार भईरहेको छ । दूर्घटनामा ६ जना घाईते भएका छन् उनीहरुको बयोधा अस्पताल, वागेश्वरी अस्पताल र ओम समाज अस्पतालमा उपचार भईरहेको प्रहरी बृत्त थानकोटले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ