arrow

गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा। गाउँपालिका कार्यालय उद्घाटन गर्न भनि रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनालाई असन्तुष्ट स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । 
 
पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा शुक्रबार बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए । कार्यक्रमस्थलदेखि करिब दुई किलोमिटर अगाडि बसेका १२-१५ जनाको समूहले उनीहरुलाई अगाडि बढ्न नदिएपछि दुई पक्षबीच भनाभन भई असहज स्थीति सिर्जना भएको स्थानीयवासीले बताएका छन् । 
 
बाटो कुरेर बसेका स्थानीयवासीले अगाडि नबढ्न चेतावनी दिएका कारण आफूहरु कार्यक्रमस्थल जान नसकेपछि प्रहरीलाई खबर गरी सुरक्षासहित इलाका प्रहरी कार्यालय होलेरीमा आएको कार्यकारी अधिकृत कम्मन गिरीले बताए । 
 
गाउँपालिकाको केन्द्र ‘जुगार की त्रिवेणी’ भन्ने विषयमा लामो समयदेखि विवाद रहेको सो स्थानमा आयोगले पछिल्लो पटक जुगारमा केन्द्र निर्धारण गरेपछि त्रिवेणी पक्षधर आक्रोसित भएकाले सो घटना घटेको बताइएको छ । 
 
असन्तुष्टको विरोधका बाबजुद औपचारिक कार्यक्रमसहित उद्घाटन नभए पनि अन्य काम भने आजैबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले बताए ।  सुरुमा असामान्य अवस्था जस्तो देखिए पनि अहिले भने सुरक्षाकर्मीले अवस्था सामान्य बनाइसकेका छन्, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने— अहिले तिनैजना इलाका प्रहरी कार्यालयको सुरक्षामा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ