arrow

पूर्वका चर्चित पाका कलाकार निरौलाको एकल साँझ शनिवार ललितपुरमा हुने

इलामका निरौलाको स्वरलाई पूर्वमा नारायण गोपालको स्वरसग तुलना गर्छन्

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
komal-saajh.jpeg
काठमाडैं । पूर्वमा आधुनिक संगीतका नक्षत्र भनेर चिनिने प्राज्ञ गायक तथा संगीतकार कोमल निरौला एकल साँझ सनिबार  (पाँच चैत्रमा) ललितपुरमा आयोजना  हुनेछ । साँझबाट उठेको रकमले इलामको नामसालिङमा आसपासको निशुल्क स्वास्थ्य क्याप राख्ने बताइएको छ । एकल साँझ नामसालिङ सहयोग मञ्चको आयोजनामा ललितपुरको डीएभी स्कूलको बुद्ध हलमा दिउसो ३.३० बजेबाट हुने आयोजकले बताएको छ । 
 
यस भन्दा अघि २०४५ सालमा इलाममा पहिलो एकल साँझ प्रस्तुती गरेपछि यो दोस्रो साँझ गर्न लागिएको गायक कोमल निरौलाका छोरा डेनी निरौलाले बताए । 
साँझमा कोमलले आङ्खना मात्र गीतसंगीतहरु प्रस्तुत गर्ने छैनन् । उनले आङ्खनो गीतसंगीतसँगै नारायणगोपाल, भक्तराज आचार्य, गोपाल योञ्जनलगायत पुराना स्रष्ठाहरुको गीतसंगीत पनि प्रस्तुत गर्ने छन् ।
 
उनले ०२६ र ०२७ मा मेची अञ्चलको प्रतिनिधित्व गर्दै सांस्कृतिक टोली लिएर भाग लिन काठमाडौं आएको मौकामा रेडियो नेपालको निकै जटिल स्वर परीक्षा उत्तीर्ण गरेका थिए । उनलाई पुरानो पुस्ताले निक्कै रुचाएका आधुनिक गायक हुन् । पूर्वमा उनलाई नारायण गोपालको स्वरसग तुलना गरेर पाकाहरुले हेर्ने गर्छन भने इलाम लगायतका हुने अधिकाश स्टेज प्रोग्राममा उनको खोजी हुने गर्दछ । उमेरले डाडा काटे पनि जवानीको झै प्रस्तुती अझै गर्न सक्ने क्षमता भएका कारण नै उहाको गीत मन पर्ने उनका प्रसंशकहरु बताउन्छन् ।
 
०२६ सालमा रेडियो नेपालमा रेकर्ड भएको ‘के सानी रहिछौ तिमी...’ बोलको आधुनिक गीत नै उनको पहिलो रेकर्डेट गीत हो । त्यस्तै ०४१ मा रत्न रेकर्डिङ संस्थानको आयोजनामा राष्ट्रिय युवा गीत सम्मेलन हुँदा भक्तराज आचार्यको संगीतमा ‘अखण्ड शक्ति हौ युवा...’ गीतमा उनले स्वरतर्फ दोस्रो स्थान प्राप्त गरेका थिए ।
 
उनले आधा दर्जनभन्दा बढी गीतहरु रचना गरेका छन् भने एक दर्जनभन्दा बढी गीतहरुमा स्वर भरेका छन् । उनको संगीतमा दुई दर्जन माथिका गीतहरु रेकर्ड भएका छन् ।
 
निरन्तर गीत–संगीतको साधनासँगै शैक्षिक तालिम केन्द्रका प्रशिक्षकबाट अवकाश लिएर हाल उनी नेपाल संगीत तथा नाटय प्राज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पद सम्हालिरहेका छन् । जागीरे जीवनबाट अवकाश भएसँगै पुनः उनी संगीत कर्ममा लागेका हुन ।
 
उनका परिबारका छोरा डेनी निरौला, छोरी झुमा निरौला समेत सांगितिक क्षेत्रमा नाम चलेका कलाकार हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ