arrow

लुम्बिनी अञ्चल अस्पतालको सेवा बिस्तार गर्न स्वास्थ्य मन्त्री थापाको प्रस्तावमा ५ करोड दिने

logo
कपिल ज्ञवाली,
प्रकाशित २०७३ चैत ४ शुक्रबार
lumbeni-medical-college.jpeg
बुटवल । पश्चिम क्षेत्रकै पुरानो लुम्विनी अञ्चल अस्पताल बुटवलका लागि पाच करोड १८ लाख रकम बिनियोजन भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक ५ करोड १८ लाख रुपैया बजेट स्विकृत गरेको हो ।
 
स्वास्थ्य मन्त्री गगन थापाको प्रत्यक्ष निर्देशनमा अस्पतालमा अत्याधुनिक उपकरण खरिदका लागि १ करोड ९८ लाख , अप्रेसन भवनका लागि २ करोड , डायगोनोइष्ट भवनका लागि १ करोड र अस्पतालको आकस्मीक उपचार भवनको मर्मत तथा परिसर भित्रको अत्याबश्यक सडक मर्मत र कालोपत्रेका लागि २० लाख रुपैया बजेट बिनियोजन भएको हो । 
 
आवश्यक र आधुनिक उपकरण खरिद र नयाँ भवन निर्माणका लागि गर्नका लागि प्रचलित कानुन अनुसार छिट्टै टेण्डर आव्हान गरिने अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले जानकारी दिए । अस्पतालमा अत्याधुनिक उपकरणको अभावमा सेबाग्राहीको उपचारमा समस्या हुदै आएको अबस्थामा स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक उपकरण खरिद र अत्याधुनिक भवन निर्माणका लागि बजेट बिनियोजन गरेपछि समस्या हल गर्न सहयोग पुग्ने अस्पतालका सुचना अधिृकत लक्ष्मीराज रेग्मीको भनाइ छ ।
 
लुम्विनी अञ्चल अस्पतालमा लुम्विनी अञ्चलका ६ जिल्लाका सहित मध्ये पश्चिमका केहि जिल्ला र भारतबाट समेत उपचार गराउन बिरामी आउने गर्दछन । स्वास्थ्य मन्त्रालयको कार्यभार गगन थापाले सम्हालेपछि सरकारी अस्पतालको स्तरबृद्धि र त्यहाँबाट प्राप्त हुने सेबा र सुबिधालाई जनमैत्रि बनाउने अभियानको थालनी भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ