arrow

अग्नी पिडितलाई सहयोग

logo
प्रेम रौले,
प्रकाशित २०७३ चैत ४ शुक्रबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । बाजुराको गौमुल गाउपालिका अग्नी पिडितलाइ १० हजार बराबरको सामान सहयोग गरिएको छ । फागुन २९ गते कम्मलबाट आगलागी भएका मन बहादुर चदारालाइ उक्त रकम बराबरको सामग्री सहयोग गरिएको उपहार नेपालका अध्यक्ष जनक बहादुर रोकायाले बताए । 
 
अग्नी पिडित चदारालाइ १ क्वीन्टल चामल,दुइ वटा कम्मल, र खाना पकाउने भाँडाकुडा  सहयोग गरिएको स्थानिय हर्क बहादुर थापाले बताए । थापाले उपहार नेपाल नामक गैर सरकारी संस्थाले आवश्यक कपडा समेत सहयोग गरेको बताए । 
 
आगलागीबाट चदाराको एक लाख बराबरको क्षती भएको  भएपनि १० हजार बराबरको सहयोग गरेकोमा चदाराले धन्यवाद दिए । २९ गते दिउसो घरमा फर्सी  पकाउने बेला कम्मलमा आगो सल्केर घरमा आगलागि भएको थियो । आगलागिबाट घरमा रहेका लत्ता कपडा र अन्न जलेर नष्ट भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ