arrow

निधीको कुरा सुनेर मोदी भए गम्भीर, कञ्चनपुर घटनाका दोषीलाई कार्वाही गर्ने आश्वासन

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
DPM-with-PM-of-India.jpeg
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री विमलेन्द्र निधीबीच गम्भिर भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भेटवार्ता भएको हो।
 
भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री निधीले कञ्चनपुरमा एसएसवीको गोली प्रहारबाट एक नेपाली युवाको निधन भएको घटनाबारे कुरा उठाएका थिए । पार्टी सभापति शेर बहादुर देउवाले समेत गम्भिर चासो लिएको घटनाको बारेमा निधीले भारतीय प्रम मोदीसँग कुरा गर्दा मोदी गम्भिर भएका थिए। उनले सो घटनाले नेपाल र भारतको सीमामा तनाव भएको समेत जनाउँदै यस्ता घटनामा राजनीतिक तवरमा हेर्नुपर्ने बताएका थिए।
 
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरेको बताएका थिए । मोदीले कञ्चनपुर घटनाको विषयमा सुक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेकोमा विश्वास दिलाए । 
 
भेटमा उपप्रधानमन्त्री निधीले नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनकालागि भारतले ‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गरेका थिए । आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सबै सहयोग गर्न भारत तयार रहेको मोदीले बताए । 
 
यसैगरी भारतमा हालै भएका प्रान्तिय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हात पारेको प्रति नेपाल सरकार, नेपाली जनता, पार्टी सभापति शेरबहादुर देउवा र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गरेका थिए । 
 
भेटवार्तामा भारतकालागि नेपालका राजदूत दीपकुमार उपाध्याय पनि सहभागि भएका थिए । प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि नयाँ दिल्ली पुगेका उपप्रधानमन्त्री निधि शुक्रवार नै स्वदेश फर्कदैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ