arrow

निर्वाचनमा महिलाको सुरक्षालाई विशेष ध्यान दिन निर्देशन

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
Election_-Box.jpeg
काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि गरिएको सुरक्षाको तयारी बारे निर्वाचन आयोग र गृह मन्त्रालयबीच छलफल भएको छ । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा भएको बैठकमा गृहसचिव लोकदर्शन रेग्मीले यसअघि प्रस्तुत गरिसकेको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा योजनामा आधारित कार्ययोजना प्रस्तुत गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
 
बैठकमा प्रमुख निर्वाचन आयुक्त यादवले महिलाको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिए । जवाफमा सचिव रेग्मीले सुरक्षा योजना बनाई क्षेत्र र जिल्लामा कार्यान्वयन गर्न निर्देशन दिइएको, परिस्थितिले माग गरेअनुसार सुरक्षा योजना परिमार्जन गरी कार्यान्वयन गरिने जानकारी आयोगलाई गराएका थिए । 
 
मतदान केन्द्रभित्र प्रवेश गर्दा नै सुरक्षा जाँच गरेर भित्र प्रवेश गर्न दिने व्यवस्था हुनुपर्ने र विद्युतीय मिडियाबाट निर्वाचनका विषयमा गलत ढङ्गले सूचना प्रवाह भएमा त्यसलाई रोक्न, सुरक्षा निकायले पनि आचार संहिता पालना गर्ने र गराउन तथा आपराधिक गतिविधिका केन्द्रलाई सूक्ष्म रुपमा निगरानीमा राख्न पनि यादवले निर्देशन दिए । प्रमुख आयुक्त यादवले दलहरुको निर्वाचन अभियान कहिलेबाट सुरु हुन्छ र कहाँ कहाँ गरिँदैछ त्यो अभियानमा गृहको स्वीकृति र आयोगको अनिवार्य सहमति लिन पनि निर्देशन दिए । 
 
फरक विचार भएका राजनीतिक क्षेत्रबाट भइरहेका धाक–धम्कीलाई कसरी कम गर्ने ? त्यसका लागि  नेपाल सरकार, गृह मन्त्रालयले उचित व्यवस्था गर्नुपर्ने सुझाव आयोगबाट राखिएको थियो । आयोगले निर्वाचनमा विशेष सुरक्षा सर्तकता अप्नाउन र कमभन्दा कम बल प्रयोग गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिएको आयोजले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ