arrow

राप्रपामाथि निर्वाचन आयोगको वक्रदृष्टि, राप्रपाले बोलायो आकस्मिक बैठक

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
RPP-parfi.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । निर्वाचन आयोगले शंकास्पद रुपमा राजनीतिक अधिकार कुण्डित गर्नेगरी राप्रपाको विधान संशोधन गर्ने प्रयास गरेको भन्ने चर्चा चलेसँगै राप्रपाले पार्टीको आकस्मिक बैठक बोलाएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 
 
निर्वाचनको मुखैमा आएर आकस्मिक रुपमा आयोगले गरेको यो निर्णयले राजनीतिक अधिकार कुण्डित गरेको मात्रै नभई फरक र मौलिक विचार बोकेको पार्टीको विचार मार्ने षड्यन्त्र समेत गरिएको भन्दै हिन्दूबादी तथा राजाबादीहरु समेत आक्रोशित भईरहेको बेलामा राप्रपाले आकस्मिक बैठक बोलाएको हो । नेपालमा सनातन हिन्दू राज्य र राजसंस्थाको एजेण्डा राप्रपाले बोकेर आएको छ । 
 
श्रेष्ठले शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाईएको जानकारी दिए । नेता श्रेष्ठले निर्वाचन आयोगको कुनैपनि पार्टीको एजेण्डा जाँच गर्ने अधिकार नरहेको  भन्दै यस विषयमा अदालत जाने चेतावनी समेत दिए । संविधानले सबैखाले विचार बोक्ने अधिकार राजनीतिक दललाई दिएको भन्दै निर्वाचन सफल बनाउनको लागि सक्रिय भूमिका निर्वाह गरेको पार्टीमाथि एकाएक यस्तो हस्तक्षेप गरिनुले आफूलाई आश्चर्यमा पारेको उनले प्रतिक्रिया दिए । 
 
पार्टी अब आन्दोलनमा जान्छ ? भन्ने प्रश्नमा उनले राप्रपा निर्वाचन आयोग विरुद्ध आन्दोलन गरेर बस्ने पार्टी नभएको प्रतिक्रिया दिए । हामी अदालत जान्छौं अदालतबाट पनि न्याय पाएनौं भने हामी निर्वाचनमा नै भाग लिँदैनौं । मधेशी मोर्चाले पनि निर्वाचनमा भाग नलिने बताईरहेको बेलामा राप्रपालाई पनि भाँडेर आयोगले नै निर्वाचनको वातावरण विगारिरहेको आरोप पनि पछिल्लो समय लाग्न थालेको छ ।
 
शनिबारको बैठकले पनि अबको बाटो कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । यद्यपि अहिलेसम्म आधिकारिक जानकारी भने आयोगबाट आफूहरुलाई प्राप्त नभएको श्रेष्ठले जानकारी दिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ