arrow

न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट अफ्रिकाको कब्जामा

logo
प्रकाशित २०७३ चैत ५ शनिबार
cricket-n.jpeg

वेलिंगटन। न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको छ। तीन खेलको टेष्टको श्रृखंलामा अफ्रिकाले १–० को अग्रता लिएको छ। टस हारेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले आफ्नो पहिलो इनिङमा २ सय ६८ रन बनायो । न्युजिल्याण्डका हेनरी निकोल्सले एक सय १८ रन बनाए । अफ्रिकाका लागि जिन–पल डुमिनीले ४ विकेट लिए ।

आफ्नो पहिलो इनिङमा ३ सय ५९ रन बनाउने क्रममा अफ्रिकाका क्विण्टन डेककले ९१ र तेम्बा बउमाले ८९ रन बनाए । न्युजिल्याण्डका कोलिन डे ग्राण्ड होमी र निल वागनरले ३–३ विकेट लिए । पहिलो इनिङमा ९१ रनले पछि परेको न्युजिल्याण्ड आफ्नो दोस्रो इनिङमा सस्तैमा समेटिएको थियो। एक सय ७१ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको न्युजिल्याण्डका लागि जित रावलले ८० रन जोडे ।

अफ्रिकाका केशव महाराजले ६ विकेट लिए । दोस्रो इनिङमा अफ्रिकाले २ विकेटको क्षतिमा ८३ रन बनाउँदै जित हासिल गरेको थियो। अफ्रिकाका केशव महाराज घोषित खेलका प्लेयर अफ म्याच भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ