arrow

अस्पतालको लापरबाहीले बालकको ज्यान गएपछि चुरेहिल अस्पतालमा तनाव

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत ५ शनिबार
churehil_aspatal.jpeg
हेटौंडा । हेटौंडा ११ स्थित चुरेहिल हस्पिटलको लापरवाहीले एक बालकको ज्यान गएपछि विहानैदेखि अस्पतालको स्थिती तनावग्रत बनेको छ । डाक्टरको लापरवाहीका कारण मकवानपुर हाँडीखोला दरदरेका १५ बर्षीय बालक किसान वाइवाका मृत्यु भएपछि चुरेहिल हस्पिटलको अवस्था तनावगस्त बनेको हो । अहिले आक्रोशित आफन्त र स्थानीयले शव अस्पतालको मूल ढोकामा राखेर प्रदर्शन गरिरहेका छन् ।
 
एपेन्डिक्सका विरामी  वाइवाको डा.राजीव नकर्मी सहितको टोलीले केही दिन अघि शल्यक्रिया गरेको र एक्कासी बालकको अवस्थामा सुधार नआएपछि अस्पतालले कलेज अफ मेडिकल साईन्स भरतपुर रिर्फर गरेको थियो । तर, २ दिन पछि उनको भरतपुरमा मृत्यु भएको निराश अवस्थामा भेटिएका मृतकका ठुलो बुबा ठाकुर लामाले बताए । 
 
बालकको मृत्यु  भएपछि आक्रोशित आफन्त र स्थानीयले अहिले अस्पतालमा शव राखेर अस्पताल प्रशासन विरुद्ध नारावाजी गरिरहेका छन् । उनीहरूले डाक्टरको गल्तीका कारण बालकको मृत्यु भएको भन्दै दोषीलाई कारवाही र पीडितलाई राहतको माग गरेका छन् । 
 
यता अस्पताल व्यबस्थापनले यो घटना अस्पतालको लापरवाहीको कारणले नभएको बरु भिडियो एक्स रे गर्दा आन्द्रा सुन्निएको र आन्द्राको समेत शल्यक्रिया गर्नुपरेको तर विरामीको अवस्था निकै नाजुक रहेकोले बालकलाई भरतपुर रिर्फर गरिएको अस्पष्ट जानकारी दिएको छ । किन समयमा नै भरतपुर रिर्फर गरिएन भन्ने प्रश्नमा अस्पताल व्यबस्थापन समिती बोल्न चाहेन । 
 
हस्पिटलमा तनाव उत्पन्न भएपछि धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ भने मकवानपुरका सहायक प्र.जि.अ हरि पन्त र डि.एस.पी बामदेब गौतम छलफलका लागि अस्पताल पुगेका छन् भने आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अबरोध गर्न खोज्दा प्रहरीले तितरवितर पारोको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ