arrow

काँग्रेस नेताका बाबु छोराको मोटरसाइकल दुर्घटनामा मृत्यु

logo
प्रकाशित २०७३ चैत ५ शनिबार
durghatna.png
रामेछाप । रामेछाप   सदरमुकाम मन्थलीबाट फर्पु जाँदै गर्दा शुक्रवार मन्थली नजिक  मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको निधन भएको छ। छोरा भरत खड्काको घटनास्थलमै शुक्रवार निधन भएको थियो ।
 
 नेपाली काँग्रेसका स्थानिय  नेता समेत रहेका गजेन्द्र खड्काको काठमाडौंस्थित ग्रान्डी हस्पिटलमा निधन भएको हो । मन्थलीबाट फर्पु जादै गर्दा मनपा-२ डुम्रेमा विपरीत दिशाबाट आएको माइक्रोले ठक्कर दिँदा चालक दुर्घटना भएको हो । 
 
रामेछाप काँग्रेसका नेता रामहरी ढुंगेलको निधन लगत्तै काँग्रेसका स्थानिय नेता खडकाको निधनले सिंगो पार्टीलाई क्षती पुगेको रामेछाप काँग्रेसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ