arrow

'७ सालको युद्ध लडेको काँग्रेस अहिले ४ जना विदेशी उफ्रेको देख्दा तर्सन्छ'

logo
प्रकाशित २०७३ चैत ५ शनिबार
kp-oli-presents-n.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७ सालको युद्ध लडेको काँग्रेस अहिले ४ जना विदेशी उफ्रिएको देख्यो भने डराउने गरेको आरोप लगाएका छन् । सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसले जनतालाई झक्काउन पनि नसक्ने र देशको विकास पनि गर्न नसक्ने आरोप लगाए ।

२००४ सालमा जहानीय राणाशासनको विरुद्ध लडेको नेपाली काँग्रेस पछिल्लो समय राष्ट्रिय हित भन्दा बाहिर गएर काम गर्न थालेको आरोप लगाएका छन् । नेपाली काँग्रेस अहिले छिन्नभिन्न अवस्थामा रहेको भन्दै राष्ट्रियताको सवालमा नेपाली काँग्रेस निकै कमजोर बनेको आरोप समेत लगाए ।

उनले अहिलेसम्म बुढामान्छेहरुलाई लोभलाचमा फसाएर झुक्काउने गरेको भएपनि अब नेपाली काँग्रेसलाई बुढापाकाले पनि कुटेर पठाउने दाबी गरे । अहिलेसम्म लोकतन्त्रको कुरा गरेर बस्थ्यो नेपाली काँग्रेस लोकतन्त्रको पनि विदेशीको पछि लागेर विर्सियो, अब बिकासको कुरा गर्ने हो भने त नेपाली काँग्रेसलाई कसैले पनि पत्याउँदैन । त्यसैले नेपाली काँग्रेस आफैं छिन्नभिन्न भएको छ ।

उनले मधेशी मोर्चाका नाममा चार जना उफ्रिए भने काँग्रेसको अहिले भागाभाग हुनु आफैंमा चिन्ताजनक रहेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ