arrow

सोमबार राप्रपाले संशोधन प्रस्ताव दर्ता गराउने, धर्मनिरपेक्षता खारेजी मुख्य एजेण्डा

logo
प्रकाशित २०७३ चैत ५ शनिबार
rpp.jpeg
काठमाडौं । राष्ट्यि प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षता खारेजीको माग सहित सोमबार व्यवस्थनपिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । शनिबार बसेको राप्रपा केन्द्रीय समिति बैठकले सोमबारको लागि संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो । 
 
निर्वाचन आयोगले शंकास्पद रुपमा राप्रपाको हिन्दू राज्य र धर्म निरपेक्षताको एजेण्डामाथि आक्रमण हुने गरी संशोधन गराएपछि बसेको पार्टीको आकस्मिक बैठकले सो विषयमा संशोधन प्रस्ताव सहित विभिन्न संघर्षका कार्यक्रमहरुको तय गरेको हो । अन्य संघर्षका कार्यक्रमहरुमा सोमबार नै देशभरीको निर्वाचन कार्यालयमा धर्ना कार्यक्रम, सोही समयमा व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराउने र यतिले पनि नपुगे संसद् घेराउन समेत गर्ने निर्णय भएको हो । 
 
स्रोतका अनुसार राप्रपाले संविधानले दिएको अधिकार बमोजिम आफ्नो एजेण्डा बोक्न नपाए निर्वाचनमा जानुको औचित्य नरहेको निष्कर्ष निकाल्दै सडक र सदनमा संघर्ष गर्ने निर्णय पनि राप्रपाले गरेको छ । सो को लागि राप्रपाले सोमबार धर्म निरपेक्षता खारेजीको माग सहित संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराउन लागेको हो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ