arrow

रियाल मड्रिड ला लिगा उपाधिको बाटोमा, बार्सिलोनालाई ठूलो झड्का

बार्सिलोना र भ्यालेन्सिया भिड्दै

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
realmadrid-laliga.jpeg
सान मामेज बारिया । स्पेनिश फुटबल लिग ला लिगामा रियाल मड्रिड उपाधिको बाटोमा अगाडि बढेको छ । चिरपरिचित प्रतिद्धन्द्धी बार्सिलोनामाथि ५ अंकको स्पष्ट अन्तर गर्दै रियाल शीर्ष स्थानमा कायमै रहेको छ ।
 
शनिबार राति भएको खेलमा रियालले एथलेटिक बिलबाओलाई २–१ ले हरायो । रियालको विजयमा करिम बेन्जेमा र कास्मिरोको एक एक गोल सामेल थियो ।
 
एथलेटिकोले घरेलु मैदानमा खेल्दा हार सामना गर्ने क्रममा एडुरिजले सान्त्वना गोल फर्काए ।
 
अन्य खेलमा अलाभेसले रियाल सोसिडाडमाथि १–० को विजयी नतिजा निकाल्दा रियाल बेटिसले ओसासुनालाई २–० ले हरायो । 
 
आइतबार राति १ः३० बजे बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सियासंग खेल्नेछ । त्यस्तै राति ९ः०० बजे सेभियाले एथलेटिको मड्रिडसंग खेल्नेछ । 
 
लिगमा २७ खेलबाट ६५ अंकको रियाल मड्रिड ६० अंकको बार्सिलोनाभन्दा ५ अंकले अगाडि छ । त्यस्तै २७ खेलबाटै सेभिया ५७ अंकसहित तेस्रो स्थानमा छ । 
Veteran striker Aduriz celebrates after his equaliser for Athletic Bilbao - nodded in from close range past Keylor Navas 
Gareth Bale (left) and Dani Carjaval (centre) celebrate with Karim Benzema (right) after his 25th-minute goal
Real Madrid manager Zinedine Zidane greets his opposite number at Athletic Bilbao Ernesto Valverde before the match
Real Madrid star Cristiano Ronaldo reacts after missing a chance against Athletic Bilbao at the San Mames stadium 
Keylor Navas is forced into action during an opening period where the home side threatened and twice came close to scoring
Athletic Bilbao's Oscar de Marcos attempts to hold on to the ball by getting his body in the way of Real Madrid's Marcelo
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ