arrow

निर्वाचन आयोगले पार्टीका सिद्धान्त मेट्न पाउँदैन –एमाले प्रमुख सचेतक

आयोगले नयाँ बहस जन्मायो

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानमा भएको ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ लाई खारेज गरेपछि नयाँ वहस सुरु भएको छ । निर्वाचन आयोगले आफ्नो सीमा नाघेर हर्कत पो गर्यो कि भन्ने भान धेरैमा परेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले निर्वाचन आयोगका आफ्ना सीमा भए पनि पार्टीका सिद्धान्त मेट्न नपाउने तर्क गर्छन् ।
 
उनले संविधानअनुसार जान खोजेर संविधानमा न राजा न हिन्दू राष्ट्र भएको सन्दर्भमा राप्रपा नेतृत्वलाई बोलाएर छलफल गरेर समाधान गर्न सक्नुपर्नेमा जोड दिएका छन् । उनले हिजो पार्टी दर्ता गर्दा त्यो समस्या नपर्ने अनि अहिले आएर यो किसिमको समस्या आउनु राम्रो नभएको प्रतिक्रिया दिए ।
 
हाम्राकुरासंग उनले अगाडि भने, ‘छलफलमा समाधान नभए पार्टी दर्ता नै खारेज गर्न सकिन्थ्यो ।’ नेता ढकालले यो घटनाले नयाँ बहस जन्माएको पनि बताए । 
 
एमालेको विधानमा पनि अहिलेसम्म साम्यपाद प्राप्तिको बाटोमा अग्रसर हुने भनेर लेखिएको छ । तर त्यसबारेमा भने निर्वाचन आयोग चुप छ ।
 
नेता ढकालले भने, ‘विधान पटक पटक परिवर्तन हुने चिज होइन, हाम्रो सुरुदेखि नै साम्यवादको बाटोमा अग्रसर हुने भन्ने नै छ ।’
 
निर्वाचन आयोगले गणतन्त्र आउनुअघि पनि माओवादीको उद्धेश्य गणतन्त्रमै निहीत हुँदा पनि दर्ता गर्न रोकेन ।
 
त्यसैगरी अहिले मुलुक संघीयतामा जाँदै गर्दा जनमोर्चा नेपाल संघीयता विरोधीको पनि दर्ता नरोकेको अवस्थामा राप्रपाको रोक्नुलाई भने कतै निर्वाचन आयोग पूर्वाग्रही पो कि भयो कि भन्ने शंका बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ