arrow

यौन क्रियाकलापमा संलग्न व्यक्ति प्रहरीको फन्दामा

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
police-man.jpg.jpeg
भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई आज पक्राउ गरेको छ।
 
भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा रेस्टुरेन्टको माथिल्लो तलाको तीनवटा कोठाबाट यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा तीन जोडी महिला पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
 
प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले रेस्टुरेन्ट सञ्चालकसमेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ