arrow

कञ्चनपुर घटनाको विरोधमा वैद्य माओवादीको प्रदर्शन

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
baidhaya.jpg.jpeg
काठमाडौँ। कञ्चनपुरमा गतहप्ता भारतीय सीमा सुरक्षाबलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटना र १८औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी) ले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ। नारा, जुलुससहितको विरोध प्रदर्शन जमल, महेन्द्र शालिक, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनी मार्ग, सहिदगेट, न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो।
 
सभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भारतीय हेपाहा प्रवृत्तिको निरन्तरता कञ्चनपुर घटना भएको भन्दै भारतले माफी माग्नुपर्ने बताए। नेपाल सरकारले समेत यो विषयलाई गम्भीरतापूर्वक नलिएको जिकिर गर्दै कडाइपूर्वक यस विषयमा भारतसँग कुरा राख्नुपर्ने उनको भनाइ थियो।
 
नेपाल सानो भयो भन्दैमा सार्वभौमिकता सानो नहुने टिप्पणी गर्दै भारत बेलायती सरकारको उपनिवेश भएको तर नेपाल उपनिवेश नभएको इतिहास नबिर्सन अध्यक्ष वैद्यले आग्रह गरे। नेपाली जनताले आफ्नो एक इन्च भूमि पनि नछोड्ने भन्दै त्यसका लागि आवश्यक परे राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न तयार रहन सबैसँग उनले आग्रह।
 
अर्को प्रसङ्गमा अध्यक्ष वैद्यले सहिदले देखाएको लक्ष्य र सपना अझै पूरा नभएको भन्दै ती पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको दोहोर्‍ए। विसं २०५५ मा आजकै दिन काभ्रेको अनेकोटमा तत्कालीन राज्य पक्षले सातजना कलाकारको हत्या गरेको थियो। सोही दिन मारिएका कलाकारको सम्झनामा माओवादीले हरेक वर्ष चैत ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउने गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ