arrow

भारतद्वारा नेपालको राष्ट्रियतामाथि प्रहारः महासचिव मैनाली

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
cp.jpg.jpeg
भक्तपुर। नेकपा (माले)का महासचिव सिपी मैनालीले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते नै हुनुपर्ने बताएका छन्।  साक्षात्कार कार्यक्रममा बोल्दै उनले कुनै पनि बहानामा अब निर्वाचनलाई पर धकेल्न नहुने बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए।
 
मधेसमा मधेसवादी दलले निर्वाचनमा अवरोध पुर्‍याए खण्ड–खण्ड गरेर भए पनि निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो। उनले मधेसी मोर्चासँग निरन्तर संवाद र छलफल चलाएर निर्वाचनमा सहभागी गराउन सरकारले भूमिका खेल्नुपर्ने औँल्याउँदै मधेसी मोर्चाले राखेको संविधान संशोधनको प्रस्ताव संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भएकाले पारित भने गर्न नसकिने बताए।
 
उनले सुगौली सन्धिदेखि नै भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आइरहेको आरोप लगाउँदै भारतीय सुरक्षाकर्मीद्वारा कञ्चनपुरमा नेपालीमाथि गोली प्रहार गरी भएको हत्यासम्म आइपुग्दा यसको पुष्टि भएको बताए। पछिल्लो समयमा भारतकै इशारामा मधेसवादी दलले नेपालीको प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेको उनको भनाइ थियो।
 
महासचिव मैनालीले भने –“नेपाल र भारतबीचको सुगौली सन्धिदेखि नेपालको गणतान्त्रिक संविधान जारी हुँदा भारतले गरेको नाकाबन्दी हुँदै नेपाली नागरिकमाथि गोली प्रहार गर्नेसम्मका कार्य गरेर भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आएको छ, उतैको इशारामा मधेसवादी दलले नेपालीको प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेका छन्।” यस्ता खतराबाट देशलाई जोगाइराख्ने चुनौती आएको बताउँदै उनले दलहरु मिलेर यस्ता चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ