arrow

वीरगन्जका प्रथम नगरप्रमुख मानन्धरको निधन

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
Parsa-hamrakura.jpg.jpeg
पर्सा। वीरगन्जका पहिलो नगरप्रमुख केशरप्रसाद मानन्धरको आज बिहान उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि दम र श्वासप्रश्वासको समस्याबाट ग्रसित ९५ वर्षीय मानन्धरको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहान ५:३० बजे निधन भएको हो।
 
श्वास लिन गाह्रो भएपछि दुई हप्ताअगाडि मानन्धरलाई वीरगन्जकै नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार देखिएपछि उनलाई चार दिनअगाडि नाराणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो।
 
विसं १९७९ असोज २८ गते वीरगन्जको बिर्तामा जन्मिनुभएका मानन्धर वीरगन्जकै तत्कालीन त्रिजुद्ध हाइस्कुलमा शिक्षकका रुपमा कार्यरत रहँदाकै बखत २०१० सालमा वीरगन्जको पहिलो ‘मेयर’मा निर्वाचित भएका थिए। पहिलो कार्यकाल सकिएपछि २०१४ सालमा पनि उहाँ प्रमुखको चुनावमा निर्वाचित हुनुभएको थियो। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ