arrow

'चुनाव भाँड्न निर्वाचन आयोगलाई प्रयोग गरेर आक्रमण'

'हिन्दु राष्ट्र’को एजेण्डामाथिको आक्रमण देशी विदेशी शक्तिको ग्रान्डडिजाइन'

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
dilnath-new-aakk.jpeg
काठमाडौं। निर्वाचन आयोगलाई प्रयोग गरेर ‘हिन्दु राष्ट्र’को एजेण्डामाथि आक्रमण गरेको भन्दै सत्ताधारी राप्रपाले हिन्दु राष्ट्रबाहेकको व्यवस्था स्वीकार्य नहुने बताएको छ।
 
निर्वाचन गर्ने र संविधान कार्यान्वयन गर्ने अठोटका साथ सरकारमा सहभागि भएको बताएको राप्रपाले निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, नियोजित र देशी विदेशी शक्तिको ग्रान्डडिजाइन भएको समेत आरोप लगाएको छ। 
 
राप्रपा नेता एवं पर्यटनमन्त्री दिननाथ गिरीले हाम्राकुरासँग भने, ‘राप्रपा सरकारमा थप कार्यभारका साथ सहभागि भएपछि स्थानीय तहको निर्वाचन हुने पक्का भयो। तीन ठूला पार्टीले बाहिरि आडरम्बरमा निर्वाचन गर्ने भने पनि भित्रि रुपमा चाहना राखेका छैनन्। देशी विदेशी शक्तिको चलखेलमा निर्वाचन आयोगमार्फत निर्वाचन भाँडेन षड्यन्त्र भयो।’
 
पहिलो संविधानसभा निर्वाचमा हामीले त्यही एजेण्डा लिएर भाग लियौँ, गिरीले अगाडि भने, ‘दोस्रो संविधानसभा निर्वाचनमा त्यही एजेण्डाकै कारण हामी चौथो शक्ति भयौँ । त्यति वेला निर्वाचन आयोगले किन रोकेन । अहिले आएर निर्वाचन आयोगलाई राजनीतिक निर्णय गर्ने गर्ने अधिकार कस्ले दियो ? राजनीतिक दल सम्बन्धि महत्वपूर्ण विधेयक पारित भएकै छैन । निर्वाचन आयोग निर्वाचन गराउने आधिकारिक शक्ति हो। राजनीतिक निर्णय गर्ने निकाय अथवा संसद होइन।’ 
 
मन्त्री गिरीले निर्वाचन आयोगले निर्णयमा पुनःविचार नगरे आफुहरु सरकारमा नबस्ने र बाहिरिने बताएका छन् । उनले भने, ‘आयोगले निर्णयमा तत्काल पुनःविचार गर्नै पर्छ । गरेन भने हामी सरकारबाट बाहिरिन्छौँ । निर्वाचन गर्न तयार दलमाथि नै आक्रमण गर्न लगाउनु ठूलो षढ्यन्त्र हो । यसमा देशी विदेशी हरेक शक्ति लागेका छन् ।’ निर्वाचन हुने निश्चित भएपछि राप्रपामाथि आक्रमण गरियो, उनले थपे, ‘जहाँ निर्वाचन आयोग प्रयोग भएको छ । अब निर्वाचन आयोगलाई मुख्य तीन दलको भागबण्डामा बनेको निकाय किन नभन्ने ? विदेशी शक्तिको इसारामा काम गर्ने निकाय किन नभन्ने ?’
 
पार्टीको विधानमै साम्यवाद स्थापना गर्छौँ भनि उल्लेख गर्ने एमाले र सरकारमा बसेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमै लाग्नु पर्छ भन्ने माओवादीलाई चैँ के गर्छ आयोगले ? 
 
मन्त्री गिरीले ९४ प्रतिशत जनताको चाहाना ‘हिन्दु राष्ट्र’को एजेण्डामाथि प्रहार गर्ने निर्वाचन आयोगले संसदीय व्यवस्था विपरीत र संविधान विपरीत चल्ने एमाले र सरकारको नेतृत्व गरिरहेकै वखत अहिले हाम्रो संसदमा बहुमत नभएपनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकै पक्षमा छौँ भन्ने माओवादी केन्द्रलाई आयोगले के गर्छ ? भनि प्रश्न गरे । जिर्वाचन आयोगले दलको एजेण्डा निर्धारण गर्न मिल्छ ?
 
विदेशी इसारामा निर्वाचन आयोगलाई प्रयोग गरेर हिन्दु राष्ट्रको एजेण्डामाथि आक्रमण गर्ने काम भएको छ, गिरीले भने, ‘हिजो सम्म हामी संविधानकै मर्म अनुसार संशोधनमार्फत आफ्ना मुद्दा स्थापित गर्ने भन्ने सोंचमा थियौँ । अब उपरान्त हिन्दु राष्ट्रबाहेक हामी केही सोच्न सक्दैनौँ । अब यो मुद्दा छोड्दै छोड्दैनौँ ।’ नेपालमा फेरि एक पटक इसाइहरुको चलखेल बढेको भन्दै उनले थपे, ‘निर्वाचन इच्छा र चाहाना भएको शक्तिमाथिको आक्रम नसच्याइए मुख्य ठूला दलहरुले त्यसको मूल्य चुकाउनु पर्ने छ ।’ उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व पाएको राप्रपाले नै पहिले देखी स्थानीय निर्वाचनमा बढी जोड दिएको मन्त्री गिरीको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ