arrow

चित्रबहादुरले दिए कमल थापालाई साथ

निर्वाचन आयोगको कार्यशैलीको विरोध

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
chitra-bd-kc.jpeg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विधानबाट हिन्दु राष्ट्रको एजेण्डा संशोधन गर्न निर्देश गरेपछि राष्ट्रिय जनमोर्चाले औपचारिक रुपमै आपत्ति जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति प्रकाशित गरेर  आयोगले गरेको निर्णयप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दै प्रत्येक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुने तथा ति राज्यको संविधान, कानुन वा नियमहरुसँग मेल नखान सक्ने भन्दै त्यो विषय सम्बन्धित राजनीतिक दलको स्वतन्त्रताको कुरा हो भनेका छन् ।

जनमोर्चाका अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘संविधानमा पनि केही खास विषयहरुलाई छाडेर त्यसमा सामेल भएका कतिपय विषयहरुलाई संशोधन गर्न पाउने अधिकारलाई सुरक्षित राखिएको छ । त्यसैकारण निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई हामीले गलत मान्दछौं र त्यो संविधानमा व्यवस्था गरिएको अधिकारको विरुद्धमा छ भन्ने हाम्रो मत छ ।’

यद्यपि, केसीले जनआन्दोलनबाट राजतन्त्र र नेपाल हिन्दू अधिराज्यको अन्त्य भई गणतन्त्र वहाली भएको र नेपाल धर्म निरपेक्ष राज्य स्थापना भइसकेको स्मरण गरेका छन् । विज्ञप्तीमा केसीले भनेका छन्, ‘राजतन्त्र र नेपाल हिन्दू धर्म सापेक्ष हुने नीतिहरु गम्भीर रुपले गलत छन् । यी नीतिले देशलाई प्रतिगमनतर्फ लैजान्छ । तसर्थ, यी नीतिलाई हामीले घोर विरोध र भत्र्सना गर्दै आएका छौं र गर्दछौं ।’

संघीयताको विरोध गर्दै आएको जनमोर्चाले राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाउन निर्वाचन आयोगले दिएको निर्देशनको विरोध पनि विरोध गरेको हो । संविधान जारी गर्दा विपक्षमा मतदान गरेको राप्रपा पटक–पटक सरकारमा गइसकेको छ भने, जनमोर्चासमेत संघीयतासहितको संविधान जारी भएपछि  बनेको एमाले गठबन्धन सरकारमा सहभागि भएको थियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा जनमोर्चाकै अध्यक्ष केसी उपप्रधानमन्त्री बन्न पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ