arrow

१० गतेकाे काँग्रेस बैठकमा के-के उठ्दैछन् एजेण्डा ?

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
nepali-congress-flag.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । चैत १० गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकको मूल एजेण्डा पनि पार्टीले तय गरिसकेको छ । नेपाली काँग्रृस निकट स्रोतका अनुसार पछिल्लो समय देशकै राजनीतिक माहोल तताएको संविधान संशोधनको विषय र यसले सिर्जना गरेको तराई मधेशका समस्याहरु बैठकको मूल एजेण्डाको रुपमा रहेको छ । 
 
सरकारले घोषणा गरेको स्थानीय निर्वाचनमा पार्टीको प्रचारप्रसार रणनीति र धेरैभन्दा धेरैलाई यसमा सहभागी गराउनको लागि सरकारको भूमिकाको विषयमा छलफल गरिने भएको छ। त्यस्तै बैठकले पदाधिकारीहरुको पूर्णता, कार्य सम्पादन समितिको पूर्णता र संसदीय समितिको निर्वाचनको विषयमा पनि छलफल गरिने नेपाली काँग्रेसले जनाएको छ । 
 
पार्टीले अहिलेसम्म प्रवक्ता चयन गर्न सकेको छैन । सम्भवतः १० गतेको बैठकबाट नै प्रवक्ता चयन समेत गरिने तयारी भईरहेको छ । पार्टीको विभिन्न विभागहरुको गठन, केन्द्रीय कार्यसमितिको पूर्णता र अन्य विविध विषयमा पनि छलफल गरिने पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ