arrow

पोखरा लेखनाथमा को को छन मेयर-उपमेयरका आकाँक्षी ?

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
pokhara-metro.jpeg
कास्की। स्थानिय निकायको निर्वाचनको मिति नजिकिदै गर्दा स्थानिय तहमा उमेद्वार बन्ने आकाँक्षीहरुको लर्को लागेको छ । काठमाडौंपछिको दोस्रो ठूलो महानगरपालिका पोखरा लेखनाथमा पनि आकाँक्षीहरुको लर्को लाग्ने देखिएको छ। 
 
पोखरा लेखनाथमा नेपाली काँग्रेस नेकपा एमाले र माओवादी केन्द्रबीच सोझो प्रतिष्पर्धा हुने भएपनि यसअघी संविधान सभाको प्रतिव्पर्धालाई हेर्ने हो भने काँग्रेस र एमालेबीच सोझो प्रतिष्पर्धा हुने आँकलन गरिएको छ। माओवादी केन्द्रको भुमिकाले जीत हारलाई प्रभावित पार्न सक्छ। देशकै चौथो ठूलो शक्ति राप्रपाको भुमिका अप्रत्यासित रुपमा वढ्न सक्छ। यद्यपी उसले उठाएको हिन्दुत्वको मुद्धाले ठूला दलहरुको मतलाई प्रभावित पार्न सक्ने आँकलन गरिएको छ।
 
पोखरा लेखनाथमा काँग्रेसबाट केहि हस्तिहरुकाबीच प्रतिष्पर्धा हुने आँकलन छ। नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य र ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवर पोखरा लेखनाथमा शसक्त दावेदार हुन्। उनीसँगै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि मेयरका अर्का दावेदार हुन्। महासमित सदस्य तथा वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी, नेपाली काँग्रेसका पूर्व सचिव नन्द प्रसाद तिवारी र महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट पनि मेयरका आकाँक्षी हुन्। तिवारीले पत्रकार समेमलन गरेर उमेद्वारीका बारेमा बताएका छन्। काँग्रेसबाट उपमेयरमा महिला संघको जिल्ला सहसचिव सिता गुरुङ र महिला संघ केन्द्रीय सदस्य तारा अधिकारी आकाँक्षी छन्। 
 
एमालेबाट कास्कीका सांसद रबिवन्द्र अधिकारीको चर्चा भएपनि उनले मेयरको दौडमा आफू नरहेको र त्यसलाई हल्लामात्र भएको बताएका छन्। एमालेबाट नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र पूर्व अध्यक्ष मान बहादुर जिसी तयारीमा छन्। उपमेयरमा भने प्रभा कोइराला आकाँक्षी हुन्। 
 
माओवादी केन्द्रबाट भने अध्यक्ष दिपक कोइराला र अर्का नेता जीवन वराल मेयरका आकाँक्षी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ