arrow

रविन्द्रले भने, 'मेयर उठ्ने हल्ला कहाँबाट आयो?'

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
rabindra-adhikari-uml.jpeg
काठमाडौं। नेकपा एमालेका युवा नेता एवं पोखराबाट व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने सांसद रविन्द्र अधिकारीले आफू पोखरा महानगरपालिकाको मेयरमा उठ्न लागेको भन्ने कुरा हल्ला मात्रै रहेको बताएका छन् । आईतबार हाम्राकुरासँग कुराकानी गर्दै सांसद् अधिकारीले आफू पोखरामा मेयर उठ्ने हल्ला भ्रामक र कपोलकल्पित रहेको बताएका हुन्। 
 
नयाँ संरचना अनुसारको स्थानीय तह कार्यान्वयनमा आएसँगै महानगर बनेका विभिन्न ४ वटा स्थानीय निकायका प्रमुखको रुपमा कसकसले उम्मेदवारी दिने भन्ने विषय अहिले चर्चाको विषय बनेको छ । महानगरपालिकामा मेयर र उपमेयरको रुपमा चर्चामा रहेका सम्भावित व्यक्तिहरुको बारेमा समेत चर्चा चल्न थालिसकेको छ। यही विषयमा अधिकारीको समेत नाम चर्चामा आएपछि उनले यसको खण्डन गरेका छन्।
 
संसदको विकास समितिका अध्यक्ष समेत रहेका अधिकारीले मेयरका लागि आफूहरुले पार्टीका तर्फबाट लोकप्रिय नेताहरुको खोजी जारी राखेको पनि बताएका छन्। उनले भने, 'पोखरामा हामी राम्रो छवी भएका नेतालाई उमेद्वार बनाउँछौ। तर मै उठ्ने भन्ने चाहि हल्ला मात्र हो । '
 
पोखराको वृहत्तर गुरुयोजना बनाएर पोखरालाई स्मार्ट सीटीमा रुपान्तरण गर्ने योजना बनाएर लागिपरेका अधिकारीले आफ्नो योजनालाई पार्टीको संरचना मार्फत लागि गराउने उनले बताए ।
 
पोखरामा काँग्रेस एमाले माओवादी र राप्रपाका बीच प्रतिष्पर्धा हुने आँकलन छ । पोखरा लेखनाथमा काँग्रेसबाट केहि हस्तिहरुकाबीच प्रतिष्पर्धा हुने आँकलन छ। नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य र ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवर पोखरा लेखनाथमा शसक्त दावेदार हुन्। उनीसँगै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि मेयरका अर्का दावेदार हुन्। महासमित सदस्य तथा वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी, नेपाली काँग्रेसका पूर्व सचिव नन्द प्रसाद तिवारी र महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट पनि मेयरका आकाँक्षी हुन्। तिवारीले पत्रकार समेमलन गरेर उमेद्वारीका बारेमा बताएका छन्। काँग्रेसबाट उपमेयरमा महिला संघको जिल्ला सहसचिव सिता गुरुङ र महिला संघ केन्द्रीय सदस्य तारा अधिकारी आकाँक्षी छन्। 
 
एमालेबाट कास्कीका सांसद रबिवन्द्र अधिकारीको चर्चा भएपनि उनले मेयरको दौडमा आफू नरहेको र त्यसलाई हल्लामात्र भएको बताएका छन्। एमालेबाट नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र पूर्व अध्यक्ष मान बहादुर जिसी तयारीमा छन्। उपमेयरमा भने प्रभा कोइराला आकाँक्षी हुन्। 
 
माओवादी केन्द्रबाट भने अध्यक्ष दिपक कोइराला र अर्का नेता जीवन वराल मेयरका आकाँक्षी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ