arrow

राप्रपाको संशोधन विधेयक दर्ता, धर्मनिरपेक्षता हटाउन माग

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
rppp-samd.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ । आइतबार संसदीय दलकी प्रमुच सचेतक कुन्ती कुमारी साहीसहितका पदाधिकारीले संसद सचिवालयमा संशोधन दर्ता गरिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले हाम्राकुरालाई जानकारी दिए ।

दिउँसो ४ बजेर ५१ मिनेटमा दर्ता गराएको विधेयकको दर्ता नम्बर ४१ रहेको समेत श्रेष्ठले जानकारी दिए । दर्ता संशोधन विधेयकमा नेपालको संविधानको धारा ४ (१) संशोधनः नेपालको संविधानको धारा ४ (१) मा भएको व्यवस्थाको सट्टा देहाय बमोजिम व्यवस्था राख्ने र ‘धर्म निरपेक्ष’ भन्ने पदावलीको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने वाक्यांश राख्ने’,–उल्लेख छ ।

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ