arrow

‘तराईमा भईरहेको आन्दोलनमा अगल तराई देशको अभ्यास’–उप–प्रधानमन्त्री केसी

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
Chitra.jpg.jpeg
निर्मल खत्री, म्याग्दी । जनताको संविधानः जनताकै माझमा’राष्ट्रिय प्रचार अभियानको सोमबार म्याग्दी सदरमुकाम बेनीमा उद्घाटन गर्दै उपप्रधान तथा सहकारी एव्र गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले तराईमा भएको आन्दोलन फगतमा भएको दाबी गरेका छन । उनले तराईमा भएको आन्दोलनले दुई प्रदेश बनाए देश टुक्रिने सम्भावना रहेको बताएका छन । उनले नेपालमा बाह्य तत्वको आखा लागेको दाबी गर्दै आम नेपालीहरु सचेत हुने बेला आएको टिप्पणी गरेका छन ।

नयाँ संविधानले कुनैपनि वर्ग, समुदाय र क्षेत्रलाई विभेद नगरेको दाबी गर्दै अधिकारको नाममा तराईमा भईरहेको आन्दोलनमा अगल तराई देशको अभ्यास गरिएको टिप्पणी समेत उनले गरेका छन । उनले भने‘संविधान सबै राम्रोसंग पढ्नुहोस्, तराईको आन्दोलन फगत रहेछ भन्ने जान्नुहनेछ’,।

राष्ट्रियता, स्वाधीनता र अखण्डता इतिहासकै कम्जोर अवस्थामा पुगेको भन्दै उपप्रधानमन्त्री केसीले यस्तो बेला मूख्य राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने बताए । ‘संविधान जारी गर्ने दलहरु नै अहिले कार्यान्वयन चरणमा एक ठाउँमा छैन्, यसले बाह्य तत्वलाई खेल्ने ठाउँ पाउँछ, उनले भने । काँग्रेस र एमाले बीच सहकार्य हुन नसक्दा अहिलेको मन्त्रीमण्डल ठुलो भएको भन्दै त्यसको आफ्नो कुनै दोष नरहेको उनले बताए । ‘एउटालाई सत्ता बचाउनुछ, अर्कोलाई असहयोग गर्नुछ, यो कसैको कारण भयो भन्ने विषयमा जनता जानकार छ’, आफुले संघियता संग पद नसाटेको भन्दै उनले सबै हिडेको बाटोमा हिडेको बताए ।‘ 

संविधानसभा मार्फत संविधान जारी गर्ने नेपाली जनताको २००७ सालदेखिको सपना अहिले आएर पूरा भएको बताए । सबिघानले ‘गरिबी, भोकमरी, अशिक्षा र बेरोजगारी हटाउने संकल्प गरेको छ’, ‘तर, यो कार्यान्वयन भएन भने समस्या पुरानै हुन्छ ।’ अघिल्लो संविधानसभाबाट पाठ सिक्दै सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर जारी गरिएको संविधानले मधेश र तराईलाई राज्यको मुलधारमा ल्याउन सक्दैन भन्नु र आन्दोलन गर्नुको कुनै अर्थ नभएको उनको भनाई छ । कार्यक्रममा सांम्सद रेशम बानियाँ ,नवराज शर्मा,बिकास लम्साल प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले नेपालको संविधानको विषयमा बोलेको थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ