arrow

बंगलादेशले आफ्नो '१००औं' टेष्ट क्रिकेटमा श्रीलंकालाई हरायो

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
BAN_SL_Test.jpeg
काठमाडौं। बंगलादेशले आफ्नो १००औं टेष्टमा बिजय हासिल गरेको छ। श्रीलंका बिरुद्धको दोस्रो टेष्टमा ४ विकेटले बिजयी हुँदै बंगलादेशले श्रृखंला १-१को बराबरी गरेको छ। 
 
टस जितेर पहिले ब्याटीङ गरेको श्रृलंकाले आफ्नो पहिलो पारीमा ३३८ रन बनाएको थियो। दिनेश चण्डिमलले १३८ रन बनाएका थिए भने सुरंगा लकमलले ३५ रनको योगदान गरेका थिए। बंगलादेशका मेहेन्दी हसनले ३ विेकट लिएका थिए। 
 
आफ्नो पहिलो पारीमा बंगलादेशले ४६७ रन बनाएको थियो। शाकिब अल हसनले ११६ रन बनाउँदा मोसाद्देक होसेनले ७५ रनको योगदान दिएका थिए। श्रीलंकाका रंगना हेराथ र लक्सन संदकनले ४-४ विकेट लिएका थिए। 
 
आफ्नो दोस्रो पारीमा श्रीलंका ३१९ रनमा समेटिएको थियो। दिमुथ करुनारत्नेले १२६ रन बनाएका थिए भने दिलरुवन परेराले ५० रनको योगदान दिएका थिए। बंगलादेशका शाकिब अल हसनले ४ विकेट लिएका थिए। 
 
आफ्नो दोस्रो पारीमा १९१ रनको बिजय लक्ष्य पाएको बंगलादेशले उक्त लक्ष्य ६ विकेटको नोक्सानीमा भेट्टाएको थियो। तामिम ईकबालले ८२ रन बानउँदा सब्बिर रहमानले ४१ रनको योगदान दिएका थिए। श्रीलंकाका दिलरुवन परेरा र रंगना हेराथले ३-३ विकेट लिएका थिए। 
 
खेलको प्लेयर अफ दि म्याच तमिम ईक्बाल घोषित भए भने प्लेयर अफ दि सिरिज बंगलादेशका शाकिब अल हसन घोषित भएका थिए। 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ