arrow

बुटवलमा गोल्छा प्यानलको उम्मेदवारी, को केमा उठे ?

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
ummedawari_ghosana.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि महासंघका एशोसिएट उपाध्यक्ष शेखर गोल्छाले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् । आईतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उपाध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् । 
 
करिब २ सयको हाराहारीमा उपस्थित रहेका व्यवसायीहरुको माझमा गोल्छाले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिए भने सोही प्यानलबाट जिल्ला उपाध्यक्षमा दिनेश श्रेष्ठ,  बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल र कोषाध्यक्ष पदका लागि ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा गोल्छालाई समर्थन जनाउँदै देशभरबाट ५५ जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरु उम्मेद्वारी घोषणा सभामा उपस्थित भएका थिए।
 
बुटवलमा भएको कार्यक्रममा हालका अध्यक्ष पशुपति मुरारकाले सबै उम्मेदवारलाई माला लगाएर सफलताको कामना गरेका छन् । कार्यक्रममा आगामी अध्यक्षको लाइनमा रहेकी हालकी बरिष्ठ उपाध्यक्ष भवानी राणको समेत उपस्थिती रहेको छ ।
 
बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै शेखर गोल्छाले आफ्नो जीवनको अविस्मरणीय क्षण बुटवलमा भएको बताए ।  चेम्बर आन्दोलनमा ६ दशक बिताएको छु’,उनले भने,‘ पछिल्लो ६ महिनामा महासंघका ४२ जिल्ला पुगेका छु,जिल्लाका साथीहरुको स्नेह सदैव सम्झने छु।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ