arrow

काँग्रेस मकवानपुरलार्इ छपक्कै छोप्यो निर्वाचनले

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत ६ आइतबार
congress_makawanpur_bhela.jpeg
हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले आईतबार हेटौंडाको २ वडामा भेला तथा बृहत अतर्क्रिया कार्यक्रम गरेको छ ।
 
काँग्रेसको हेटौंडा उपमहानगरपालिका साविक हेटौंडा २ र ३ (हाल २ नम्बर) वडामा साविक २ नम्बरका सभापति रामचन्द्र बानियाँ र हेटौंडा ४ नम्बरमा वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भेला तथा बृहत अन्तर्क्रिया कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका क्रियाशील कार्यकर्ताबाट नयाँ संरचना अन्तर्गत हुने स्थानीय तहको निर्वाचनको बारेमा उठेका प्रश्नको जवाफ वडा नम्बर २ मा काँग्रेस पार्टीका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्यालले र वडा नम्बर ४ मा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेले दिएका थिए ।
 
कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, पार्टीका प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु खड्ग गोपाली, ईन्दिरा न्यौपाने, महेन्द्र राउत, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, निवर्तमान नगर उपसभापति नारायणप्रसाद लम्साल, महासमिति सदस्य भरत पराजुली, पार्टीका पूर्व कोषाध्यक्ष भवसागर श्रेष्ठ, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव निलम देवकोटा, नेविसंघ जिल्ला अध्यक्ष शिवप्रसाद खतिवडा राजु, पूर्व जिल्ला सदस्य राधा कोईराला, लक्ष्मण सुवेदी, तरुण दल जिल्ला सचिव सचित थापा, महाधिबेशन प्रतिनिधि रमेशध्वज कार्की, ३ नम्बर क्षेत्रीय महिला सभापति तारा कार्की, मंगल श्रेष्ठ, युद्धबहादुर थापालगायतको उपस्थिती रहेको थियो ।
 
नेपाली काँग्रेस मकवानपुरको नयाँ संरचनाअन्र्तगत चुनावी अभियान हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा र ८ वटै गाउँपालिकामा चैत १ गतेदेखि ९ गतेसम्म वडा भेला तथा बृहत अन्तर्क्रिया गर्ने र चैत १२ गते जिल्ला भेला गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ