arrow

बन्ने भयो बागमती २, भुवन र अनमोल पनि खेल्दै

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
anmol-kc-and-bhuwan-kc.png.png
काठमाडौं । आगामी पुष २४ बाट रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘बागमती’को रिलिज नहुँदै सिक्वेल फिल्म बनाउने घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिक आउदै गर्दा फिल्म युनिटले ‘बागमती –२’ निर्माण गर्ने घोषणा गरेको हो  । फिल्मका मुख्य निर्माता दिनेश दर्शनधारीले ‘बागमती –२ ’को निर्माणको लागि सबै काम सकिएको भन्दै अहिले चेन्नईमा फिल्मको संगीतको काम भै रहेको खुलाए ।

सिक्वेलमा दुई जना निर्देशक हुने र जसमा भारतबाट निर्देशक सन्नी केरला र  दक्षिण भारतीय प्राविधिकको नै प्रयोग गर्ने र नेपालबाट पनि फिल्ममा एक जना निर्देशक रहने जानकारी दिए । सिक्वेलमा बागमतीका नायक राजेश हमाल र शिब श्रेष्ठसँगै अभिनेता भुवन के।सी र अनमोल केसीलाई समेत चलचित्रमा अभिनय गर्ने अन्तिम तयारी भएको समेत उनले बताए । सिक्वेल सांगीतिक तथा एक्शनमय हुनेछ ।

बागमतीको व्यपार जस्तो सुकै भए पनि आफुहरुले बागमती–२ निर्माण गर्ने तयारी गरिएको र फिल्मको फागुन महिना बाट सुटिंग सुरु गरिने फिल्मका अर्का निर्माता बिजय सत्यालले जानकारी दिए । फिल्मलाई  ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिने छ । बागमतीमा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, श्रेया कार्की,रविकर प्रसाद घिमिरे,बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ