arrow

म्यानचेष्टर सिटी र लिभरपुल बराबरीमा, टोटनह्यामले उछिन्यो

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
mancity-liverpool.jpeg
इत्तेहाद स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलको उपाधि दौडबाट लगभग बाहिरिएका म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । म्यानचेष्टरको मैदानमा भएको खेलमा १–१ को बराबरी भएको हो ।
 
खेलको ५१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ६९ औं मिनेटमा सर्जिओ अगुएरोले गोल गर्दै म्यानचेष्टर सिटीलाई बराबरीमा ल्याए ।
 
घरेलु मैदानमै बराबरीमा रोकिदा भने म्यानचेष्टर सिटीलाई झड्का लागेको छ । यही खेलमै म्यानचेष्टर सिटीका याया टौरे, डभिड सिल्भाजस्ता खेलाडीले पहेंलो कार्ड खाँदा म्यानचेष्टर सिटीले अब झन् सचेत भएर खेल्नुपर्ने देखिएको छ । 
 
त्यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेड भने विजयी भयो । युनाइटेडले मिडिल्सब्रोलाई उसकै मैदानमा ३–१ ले पराजित गर्यो । म्यानचेष्टरलाई जिताउन मिारोउने फेलियानी, जेसी लिंगार्ड र एन्टोनियो भ्यालेन्सियाले एक एक गोल गरे । 
 
टोटनह्याम हट्सपर भने माथि उक्लिएको छ । टोटनह्यामले साउथह्याम्पटनलाई २–१ ले हराउँदै लिग तालिकामा आफूलाई स्पष्ट दोस्रो स्थानमा ल्याएको छ । 
 
लिगमा २८ खेलबाट ६९ अंकसहित चेल्सी शीर्ष स्थानमा रहेको छ भने टोटनह्यामको ५९ अंक छ । म्यानचेष्टर सिटी ५७ अंकसहित तेस्रो तथा लिभरपुल ५६ अंकबाट चौथो स्थानमा छ ।
 
म्यानचेष्टर युनाइटेडलाई आफूलाई सुधार गर्दै ५२ अंकसहित पाँचौं स्थानमा पुग्न सफल भएको छ । 
Sergio Aguero gets a yard on the Liverpool defence to latch onto Kevin De Bruyne's pass and level the scoreline
Aguero looks to race away in celebration after realising his effort has left Liverpool stopper Mignolet helpless
James Milner steps up to slot home a penalty against his former team to open the scoring on Sunday afternoon 
The experienced midfielder is mobbed by his team-mates after putting the Reds a goal up in the tie
Liverpool players huddle around Milner as Emre Can (centre) jumps into the celebration scenes 
The penalty is awarded by referee Michael Oliver after Gael Clichy bundles into the back of forward Roberto Firmino
Adam Lallana spurns a late opportunity with 10 minutes left in the tie as the Etihad watches on with bated breath
Firmino squares the ball across goal to Lallana who has only City keeper Caballero to beat
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ