arrow

दलित अनलाईनका प्रधान सम्पादक दर्नाल सम्मानित

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
gagan-thapa-11.jpeg
काठमाडौं । पत्रकारिताको माध्याम्बाट दलित समुदायको हक अधिकारसँगै सामाजिक न्यया र अधिकार प्राप्तीको संघर्षमा योगदान पु¥याए वाफत दलित अनलाइन डटकमका सस्थापक एवं प्रधान सम्पादक अशोक दर्नाल राष्ट्रिय दलित आयोगबाट सम्मानित भएका छन् ।  
 
राष्ट्रिय दलित आयोगको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा आयोगले दर्नाललाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।  
 
एक दशकदेखि पत्रकारीतामा क्रियाशिल दर्नाल यस अघि एवीसी टेलिभिजन र कान्तिपुर दैनिकमा समेत काम गरी सकेका छन् । नेपालको दलित मुक्ति आन्दोलनलाई गहिरो ढंगबाट बुभm्ने दर्नाल मानव अधिकार तथा दलित आन्दोलनका अभियान्ताका रुपमा समेत परिचित छन । 
 
नेपाली मिडियाबाट दलित समुदायको मुद्दा कमै मात्र उठाउन भएको अनुभूति गदै आवाजविहिनहरुको आवाज आम संञ्चार माध्याम उठाउने उद्देश्यले दर्नालकै पहलमा विगत डेढ वर्ष दलित अनाइन डटकम संचालनमा छ । 
यस्तै आयोगले नयाँ पत्रिका दैनिका पत्रकार विश्वास खड्काथोकी  पनि सम्मान गरेको छ । लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा सुजन बराइली र आयोगका सदस्य सचिव सिताराम घले परियारलाई समेत सम्मान गरेका छन् ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ