arrow

सिरियामा सरकारी र विद्रोही सेनाबीच भीषण संघर्ष

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
syria-new.jpeg
दमास्कस । छ वर्षदेखि जारी सिरियाको आन्तरिक द्धन्द्धले चरम रुप लिँदै गएको छ । तीन लाख २० हजार भन्दा बढीको ज्यान लिएको यो द्धन्द्धको आगो निभ्ने अझै छाँट छैन । पछिल्लो समय सिरियाली सेना र विद्रोहीबीच भीषण संघर्ष भएको छ । सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा भीषण संघर्ष भएको हो ।
 
विद्रोहीले शहरलाई घेरा हालेर आक्रमण शुरु गरेपछि राष्ट्रपति बसर अल असदका सेनाले कडा प्रतिकार गरेका छन् । सरकारी सेनामाथि आक्रमण गर्ने क्रममा विद्रोहीले जोवार जिल्लामा दुईवटा आत्मघाती कार बम विस्फोट गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
सरकारी सेनाले पनि हवाई हमला गरेको बताइएको छ । त्यस क्रममा कयौंको मृत्यु भएको हुनसक्ने अधिकारीहरुको शंका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ