arrow

नेविसंघ केन्द्रीय कार्यालयको मुख्य सचिवमा जुम्ला अध्यक्ष हमाल

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
nebisangh-bidad.jpg.jpeg
काठमाडौं । नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले नेपाल बिद्यार्थी संघ केन्द्रीय कार्यालयको मुख्य सचीवमा नेविसंघ जुम्लाका अध्यक्ष डिल्ली राज हमाललाई नियुक्त गरेका छन्। 
 
लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा सकृय हमाल, नेविसंघ शंकरदेव क्याम्पस इकाई समितीमा रहेर संगठनका गतिविधिमा सकृय थिए । कर्णाली क्षेत्रबाट नेविसंघको मुख्य सचीव जस्तो गरिमामय पदमा पुग्ने हमाल पहिलो व्यक्ति हुन् ।
 
२०६२–६३को ऐतिहासिक जनआन्दोलनका घाइते र आन्दोलनका क्रममा पटक पटक हिरासत परेका  हमाल व्यवस्थापनका स्नातक हुन भने शिक्षा संकायका स्नातकोत्तर हुन् । 
 
नेविसंघको १३ औ महाधिवेशन ताका हमाल बर्तमान निर्वाचित अध्यक्ष नैन सिंह महरको निर्वाचन परिचालन संयन्त्रको  सचिवालयमा सकृय रहि उहाँ लाई बिजय गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ