arrow

होमस्टेको राजधानी : तपार्इकै प्रतीक्षामा छ अनेकौं सुविधा बोकेर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत ७ सोमबार
homestay_synja.jpeg
स्याङ्जा । मुलुकमै पहिलो पटक होमस्टे संचालन गर्ने जिल्ला हो स्याङ्जा । त्यसैले पनि स्याङ्जालाई होमस्टेको उद्गम थलोको रुपमा परिचित छ । देशभरबाट होमस्टेको तालिम लिन आउने तालिम केन्द्र रहेको जिल्ला । दर्ता र विना दर्ताका गरी एउटै जिल्लामा धेरै होमस्टे संचालनमा रहेको । प्रत्येक होमस्टे गाउँ फरक–फरक शैलीको अनुभवभ रहेको जिल्ला स्याङ्जा । दर्जनौ होमस्टे संचालनमा रहेको जिल्ला भएकालेपनि स्याङ्जालाई होमस्टेको राजधानी भन्न सकिन्छ । नेपाल भ्रमण वर्ष १९९८ को समयमा घोषणा गरिएको नेपालकै पहिलो ‘ग्रामीण पर्यटकीय गाउँ सिरुबारी’ रहेको जिल्ला । 
 
जिल्लामा संचालित होमस्टेहरु फरक–फरक उद्देश्य र शैलीमा संचालनमा छन् । कतै जातिय पहिचान झल्काउने छन् भने कतै कृषिलाई प्राथमिकतामा राखेर होमस्टे संचालन गरिएको छ । १ जिल्लामा धेरै थरिका होमस्टे संचालन गरिएको स्याङ्जा पहिलो हो भन्ने दावी पनि सरोकारवालाहरुको छ । खासगरी मगर र गुरुङ् समुदायको बाहुल्य रहेको क्षेत्रमा होमस्टे संचालनमा छन् । 
 
“देशका विभिन्न भागमा होमस्टे व्यवसायलाई गरी खाने पेशा भन्दा फेशन शैलीमा स्थापना भएका छन् ।” सिरुबारी पर्यटन विकास समितिका अध्यक्ष तथा होमस्टे अभियान्ता जुम गुरुङ्ले भने, “स्वरोजगार बनाउने सजिलो माध्यम भएर पनि फेशन बन्दा यसको गरिमामा कमी आएको छ ।” व्यवसाय भन्दा फेशन बनाउँदा धेरै होमस्टेहरु संचालनमा आएको केहि समयमै बन्द भएको उदाहरण उनीसँग उल्लेख्य छ । होमस्टे व्यवसायबाट राम्रो आम्दानी र स्वरोजगार बन्ने सजिलो माध्यम भएको स्थानीयको बुझाई छ । पर्यटक नआए आफ्नो (घरपरिवार) को काम गर्न सकिने र पर्यटक आइहाले उनीहरुको सेवा गरे वापत आर्थिक लाभ लिन सकिने भएपछि होमस्टे व्यवसाय फष्टाउँदै गएको हुनिकोट होमस्टेकी अगुवा चनमाया गुरुङ् बताउछिन् । 
 
गाउँ–गाउँमा सडक सञ्जाल पुग्दा होमस्टे व्यवसायबाट अपेक्षाकृत आम्दानी लिन नसकिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठको बुझाई छ । “पर्यटक टे«किङ् गरेर गाउँमा बस्थे, सडक भएपछि सवारी साधनमा गयो स्थानीय उत्पादन खायो फर्कियो । श्रेष्ठले भने, “होमस्टे गाउँ सडकको पहुँच भन्दा बाहिर बनाउन सके दिगो हुने थियो ।” मुलुककै नमुना होमस्टेको रुपमा परिचित सिरुवारी हो । 
 
सिरुबारी
गुरुङ् समुदायको बहुल क्षेत्र सिरुबारी नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र हो । समुन्द्री सतहदेखि झण्डै २ हजार फिट उचाईमा रहेको सिरुबारीबाट सुर्योदय अवलोकन गर्न पर्यटक त्यहाँ पुग्छन् । स्थानीय स्तरमा उत्पादीत कृषिजन्य वस्तुको प्रयोगबाट तयार गरिएको खानाले सिरुबारी पुग्ने पर्यटकलाई स्वागत र जैविक घरबासको व्यवस्था गरिएको छ । 
 
नेपालकै सुन्दर पर्यटकीय सहर पोखराबाट करिब २५ किलोमिटरको यात्रामा पुगिने स्याङ्जाको नागडा“डाबाट झण्डै २ घण्टाको यात्रा होस वा ४ घण्टाको पैदल यात्रामा सिरुबारी पुग्न सकिन्छ । सिरुबारीबाट धौलागिरी र माछापुच्छे हिमश्रंखलाको सहजै अवलोकन गर्न सकिन्छ । ढुङ्गा मात्रै प्रयोग गरिएका सुन्दर घरहरुले सिरुवारीलाई झनै आकर्षणको रुपमा लिन पाइन्छ । देश तथा विदेशका पर्यटकहरुको हरेक बर्ष ओइरो नै लाग्ने गर्छ सिरुवारीमा । 
 
कच्ची सडक भएकाले पर्यटकहरुलाई आवातजावतमा निकै कठिनाई रहेको छ होमस्टेका अगुवा गुुरुङ् भन्छन्,“सिरुवारी सम्म आउने सडकलाई कालोपत्रे गर्न सकियो भने धेरै पर्यटकलाई भित्राउन सजिलो हुने थियो ।”होमस्टेमा सरकारले खासै चासो नदेखाएपनि सडकलाई मात्रै कालोपत्रे बनाइदिएमा साच्चै सिरुवारीले अर्कै मुहार फेर्ने थियो उनले भने । 
 
सिर्सेकोट
स्याङ्जाको सिर्सेकोट होमस्टेका लागि उदाहरणीय ठाउँ हो । घुरुङ्खा र मैदान गरी सिर्सेकोटमा २ स्थानमा होमस्टे छ । खासगरी गुरुङ् समुदायको नेतृत्वमा होमस्टेको प्रबद्र्धन भएको ठाउँ हो सिर्सेकोट । हिमश्रंखलाको अवलोकन र स्याङ्जा जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । पाल्पा, गुल्मी, तनहु“ र पर्वत जिल्लाका ग्रामीण क्षेत्रको सहजै अवलोकन गर्न सकिन्छ । अर्को तर्फ जाडो समयमा त कुहिरोको सागर देख्न अझै आनन्द आउने ठाउ सिर्सेकोट हो । 
 
सिर्सेकोट पुग्ने पर्यटकलाई बाजागाजा सहित स्वागत गरेर खानपानको व्यवस्था गरेपछि स्थानीय कला संस्कृति झल्कने झाँकी र गुरुङ् समुदायको जातिय पहिचान झल्कने नृत्यहरु प्रस्तुत गरिन्छ । यहाँ पुग्ने पर्यटकका लागि शुद्ध कोदोबाट बनेको रक्सी र सिस्नुको अचारले लोभ्याउने गर्दछ । स्थानीय थमनसिंह गुरुङ् भन्छन्, “स्थानीय स्तरमा उत्पादित वस्तुको प्रयोगले नै हालसम्म पर्यटक आकर्षित भएका छन् ।”
 
सुन्तलाबारी
झरनामा डोरीको सायताले तल माथि गरी खेलिने खेल क्यानोनिङ्गका लागि आक्रर्षणको केन्द्र रहेको सुन्तलाबारी होमस्टे एलादी गाविसमा पर्छ । गुरुङ् समुदायको आधिपत्थ्य रहेको सुन्तलाबारी स्वादिलो सुन्तालाको लागि पनि उत्तिकै परिचित गाउँ भएको पर्यटन व्यवसायी डिलविक्रम गुरुङ्ले बताए । 
 
सालैजो र ठाडो भाखाका लागि पनि खोज र अनुसन्धानको थलो बन्न सफल सुन्तलाबारी पुग्न पर्यटकका लागि स्थानीयले गर्ने स्वागत र विदाई शैलीले पुनः सुन्तलाबारी पुग्न मन लाग्छ । भारतीय र बेलायती सेनामा भर्ती हुने प्रचलन अनुसार स्थानीय गुरुङ् समुदायका युवाहरु लाहुरे भएकाले घरमा बस्ने आमा, दिदीबहिनी र पाका पुरुषहरुको सक्रियताले सुन्तलाबारी होमस्टे चलेको छ । जिल्लाकै मध्यभागमा पर्ने यो स्थानमा पुग्न वालिङ देखि करिव एक घण्टामा पुग्न सकिन्छ । 
 
बझाकोट
मगर समुदायको एकताबाट शुरु भएको होमस्टे तीनदोबाटे गाविसको पहेले मगर संस्कृतिको केन्द्रका रुपमा लिइन्छ । पहेले पुग्ने जो कोहिलाई पनि आत्मियता पूर्व स्वागत र सत्कार गर्ने मगर समुदायको आतिथ्यताले लोभ्याउने गर्दछ । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङबाट करिब ५ किलोमिटरको यात्रापछि पुगिने गाहा खोलाबाट १ घण्टाको पैदल यात्रामा बझाकोट पुग्न सकिन्छ । यहाबाट पनि स्याङ्जा लगायत अन्य जिल्लाको अवलोकनका लागि अत्यन्तै आकर्षणको रुपमा रहेको छ । 
 
खर्सुको लेक
सात तालको सहर लेखनाथ र ताल बराहीको महिमाले भरिको फेवाताल एकै पटक देख्न सकिने खर्सुको लेख स्याङ्जाको पुतली बजार नगरपालिका ८, दरौ पञ्चमूल र फापरथुम गाविसको सिमानामा पर्छ । सानो गाउ“, गुरुङ् समुदाय रहेको खर्सुमा पुग्ने पर्यटकले काठमाडौं छिर्ने थानकोट नाका सहजै अवलोकन गर्न सक्छ ।
 
हुस्सु र कुहिरोले प्रायः नछोड्ने खर्सुको लेक मंगोलियन जातिय पहिचान स्थापित बनाउन गुरुङ् समुदायको पाठशाला नै हो । खर्सुबाट पोखरा सहित पश्चिमाञ्चलका अधिकांश जिल्ला तथा धौलागिरी, माछापुच्छ«े र मस्नालु हिमश्रंखला अवलोकनका लागि प्रख्यात छ । चारैतिर जंगल भएकाले पनि यसलाई खर्सुको लेखका नाममा परिचित रहेको छ । 
 
हुनिकोट
स्याङ्जा सदरमुकामबाट करिब ४५ मिनेटको यात्रामा पुगिने हुनिकोट होमस्टे गाउ“ सदरमुकामबासी र कर्मचारीका लागि आक्रर्षणको केन्द्र बनेको छ । लोकल कुखुरा र स्थानीय उत्पादित वस्तुबाट बनेका खानेकुराले मन लोभ्याउनाले पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् । 
 
पाहुनाको अनुकूलता अनुसार पाक्ने परिकार र स्थानीयले साँझ र रातको समयमा गर्ने नाचगानले पर्यटकलाई हुनिकोट तानेको छ । गुरुङ्, बाहुन र अन्य जाती रहेको हुनिकोट होमस्टे गुरुङ् समुदायले मात्रै संचालन गरेका छन् । पर्यटकको स्वागतमा खुसि पूर्वक लाग्दा आनन्द र मन शान्त हुने रहेछ स्थानीय जमान गुरुङ्ले भने, “हुनिकोटमा कहिले काहि त थेगि नसक्नु पर्यटकको ओईरो लाग्छ, पकाएर दिनै नसकिने ।” सदरमुकामबाट नजिक रहेर पनि प्रचार प्रसारको कमीका कारण बाह्रय पर्यटकहरु भने भित्राउन सकिएको छैन । 
 
दर्ता हुन नसकेका दर्जनौं
“स्याङ्जामा विना दर्ता संचालनमा रहेका होमस्टे त दर्जनौ छन् ।” पर्यटनका उपाध्यक्ष श्रेष्ठले भने, “कतिपय गाउ“ दर्ताको प्रक्रियामा छन् त कतिपय गाउ“लाई दर्ता गर्नुपर्ने आवश्यक ज्ञाननै छैन् ।” समितिमा सम्पर्कमा आएका होमस्टेहरुलाई योजना अनुरुप सहयोग र कानूनी प्रक्रियाका बारेमा जानकारी दिने गरेको उनले सुनाए । समिति मार्फत खास गरी महिलाहरुको सहभागितामा तालिम लिएर अधिकांश होमस्टे संचालित छन् । 
 
होमस्टे भएर पनि दर्ता नभएका जगतभञ्ज्याङ्को कफीखेतीका लागि चर्चित पित्लेक गाउ“, वाङ्सिङस्थित पञ्चासेको लेक, किनचासको खैरीकोट, सेखामको धार्मिक क्षेत्र रामडा“डा, सा“खरको मगर गाउ“ जालिमडा“डा, अर्जुनचौपारी र खिलुङ्–देउरालीको सिमाना प्याराग्लाईडिङ्का उडान भर्न सहज हुने ‘हनि’ गाउ“, माझकोटको ऐतिहासिक बुढाकोट, मनकामना गाविसको मनकामना गाउ“मा होमस्टे संचालन भएर पनि प्रक्रियाका बारेमा आवश्यक ज्ञान नहु“दा दर्ता हुन सकेका छैनन् ।
 
गाउँमा काम बिहीन भएका वा कामबाट फूर्सद निकाल्न सक्ने बेरोजगारलाई होमस्टेले स्वरोजगार बनाएको छ । जिल्ला विकास समितिका योजना अधिकृत यामप्रसाद रेग्मीले भने, “सानो लगानीले नियमित आम्दानी हुने भएकाले गाउँ–गाउँमा होमस्टे संचालनमा आएका हुन् ।” व्यवसायलाई समयानुकूल बनाउन जिल्ला विकास समितिले व्यवसायीको क्षमता अभिबृद्धिमा लगानी गरेको रेग्मीले बताए । 
 
करिब २ सय पर्यटक एकसाथ राख्न सक्ने क्षमता रहेको वाङ्सिङ् गाविसको भञ्ज्याङ् होमस्टे व्यवसाय संचालन गरेका युवा बिदेश जान छाडेर यहि व्यस्त छन् । “घरमै बसेर महिनामा ४० हजार आम्दानी हुन्छ ।” स्थानीय होमस्टे व्यवसायी घनश्याम पौडेलले भने,“ विगत ३ वर्षदेखि संचालन गरेको व्यवसायबाट आम्दानी पनि छ, परिवार पालिएर एकसाथ बस्न पाइएको छ ।” 
 
भञ्ज्याङ्मा नियमित पर्यटक आउनेक्रम बढेपछि स्थानीयले खानपान र बासका लागि क्षमता बढाउने तयारी थालेका छन् । मुलुक संघियताको बाटोमा गइरहेका बेला यस्ता होमस्टे पनिएउटा आम्दानीको श्रोत बन्ने पक्का छ । तर सरकारले बेलैमा यस्ताखालका होमस्टेलाई प्रवद्धन गर्न कुनै योजना नल्याउदा कुनै बेला नेपालको इतिहासमा होमस्टे थियो भन्ने रहन सक्छ । त्यसैले आम्दानीको राम्रोश्रोत र बाह्रय तथा आन्तरीक पर्यटक भित्राउन सहज हुने होमस्टेलाई योजना अनुरुप अगाडी ल्याउनु आवश्यक देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ