arrow

संसदमा माेर्चाकाे रुवावासी, सरकारले धोका दियो

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबारको व्यवस्थापिका–संसद् बैठक पनि बहिष्कार गरेको छ । बैठक सुरु हुनासाथ मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले तराई–मधेसमा केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाका बारेमा छानबिन समिति गठन गर्न माग गरिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई मधेस केन्द्रित दलहरुले आशा गरेर समर्थन गरेकोमा आफूहरुलाई धोका भएको बताउँदै सांसद झाले सोमबारको बैठकमा पनि परिमार्जनसहितको संविधान संशोधन प्रस्तावको कार्यसूची नआएको भनी आपत्ति जनाइन् ।

संविधान संशोधनको सट्टा सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरेर मोर्चाको घाउमा नुन छर्कने काम गरेको आरोप लगाउँदै उनले भनिन् – ‘हामी सहमति र वार्तामार्फत समस्या समाधान गर्न चाहन्छौँ, हामी सहमति गरेर संविधानप्रति अपनत्व खोजिरहेकाबेला संशोधन प्रस्तावलाई राष्ट्रघाति भनेकोप्रति हाम्रो आपत्ति छ ।’

आफूहरु देशभित्रै अधिकार मागिरहेको भन्दै सांसद झाले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बसेको सरकारलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नका लागि पहल गरिदिन सभामुखलाई आग्रह गरिन् । त्यसको लगत्तै मोर्चासँग आवद्ध दलका नेताहरु नारा लगाउँदै बैठकबाट बाहिर निस्किए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ