arrow

राप्रपा पाँचथरले दियो निर्वाचन कार्यालयमा धर्ना

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
RPP-parfi.jpeg
पाँचथर । निर्वाचन आयोगले विधानबाट ‘राजसंस्था’ र ‘हिन्दूराष्ट्र’सम्बन्धी वाक्यांश हटाएको विरोधमा सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज सदरमुकाम फिदिममा जुलश सहित जिल्ला निर्वाचन कार्यालय पाँचथरमा गएर ज्ञापन पत्र वुझाएको छ ।
 
ज्ञापनपत्र पश्चात आधा घण्टा सम्म धर्ना समेत दिएको पाटीका प्रचार प्रसार प्रमुख दिपेन्द्र योक्पाङदेनले वताए ।यस्तै पाटीको संवैधानिक हक खोसिएको बारे कानुनी उपचार खोज्ने,चैत्रको तेस्रो हप्ताबाट हिन्दूराष्ट्र पुर्नस्थापनाको माग राखेर देशब्यापी शान्तिपूर्ण सडक संघर्ष गर्ने, धर्म निरपेक्षताको खारेजी र हिन्दूराष्ट्र पुर्नस्थापनाको लागि तत्काल सदनमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने निर्णय समेत गरिसकेको  पाटीका पाँचथर जिल्ला अध्यक्ष प्रेमराज थाम्सुहाङले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ