arrow

वडा कार्यालयमा धर्ना, काममाज ठप्प

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
gaupalika-kamkaj.jpeg
बाजुरा । बुढीगंगा नजगरपालिका साविकको व्रह्मतोला गाविसको दैनिक कामकाज आज ठप्प पारिएको छ । आइतबार देखि आन्दोलन सुरु गरेका साविकका वडा नम्वर ५,६,७ र ८ वडाका स्थानियहरुले वडा कार्यालयबाट दिने सेवा सुविधामा रोक लगाएका छन् । 
 
गाविस प्राविधि समिति र इलाका स्तरिय बैठकबाट पारित भएका वडाहरु अलग अलग पारेको भन्दै आइतबार देखि आन्दोलन सुरु गरेको आन्दोलन संघर्ष समितिका सह संयोजक जयराज उपाध्यायले बताए । उनले वडा कार्यालय साविकको व्रह्मतोला गाविसबाट दिनु सिफारिस देखि अन्य कार्य ठप्प पारेको बताएका छन्  । 
 
आइतबार देखि कार्यालयबाट दिने सेवा सुविधाबाट बञ्चित भएपछि स्थानियहरु मर्कामा परेका छन् । सोमबार आन्दोलनका कार्यक्रम अन्तरगत वडा कार्यालय घेराउ गर्नुका साथै कार्यालयको संचालन हुने अन्य सरकारी तथा गैर सरकारी कार्यालयका कार्यक्रम समेत प्रभावित भएको बताइएको उपाध्यायले बताए । 
 
पीसविन बाजुराले साविकका व्रह्मतोला गाविसमा रहेका विद्यालयका प्रधानाध्यापक र विद्यालय शान्ति क्षेत्र घोषणा कार्यक्रमको समिक्षा बैठक समेत गाविस भन्दा बाहिर गर्नुपरेको आयोजकले जनाएको छ । 
 
यसैगरी जिल्ला समन्वय समिति अन्तरगत जलवायु परिवर्तन सहयोग कार्यक्रमको वडा नागरिक  मञ्चकोको समीक्षा गोष्ठी  समेत प्रभावित बनेको हो । मंगलबार  वडा कार्यालयमा तालाबनदी गर्ने कार्यक्रम रहेको आन्दोलनका उप संयोजक धर्मराज जैशीले जानकारी दिए । 
 
जैशीले दिएको जानकारी अनुसार माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन्  । मंगलबार वडा कार्यालयमा तालावन्दी, बुधबार र बिहीबार नागरिकता जम्मा गरेर जिल्ला प्रशासन कार्यालय बाजुरामा बुझाउने कार्यक्रम रहेको बताए । 
 
सोमबार देखि नै छोराको नागरिकता बनाउन आएका साविकको व्रह्मतोला गाविस ५ का जीत बहादुर ल्वारले नागरिकताको सिफारिस बनाउन नपाएको भन्दै गुनासो गरेका छन् । उनले आन्दोलनका कारण वडाका स्थानियहरु मारमा परेको बताए । 
 
ल्वारले जनताले गरेको निर्णय लत्याएर जिल्लाका राजनितिक दलले वडा फेरवदल गरेको सच्याए आफुलाइ सिफारिस बनाउन सहज हुने बताउछन्  । ल्वार छोराको नागरिकता बनाएर आफ्नी नातीनीको जन्मदर्ता गराउनबाट बञ्चित भएका हुन् । अन्य सेवाग्राही कार्यालय बन्द भन्दै विच बाटोबाट घर फर्किएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ