arrow

भारतले नेपालको रक्षा बजेटभन्दा बढी रकम नेपालीलाई दियो पेन्सन

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
indian-money.jpeg
काठमाडौं । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्रपाप्त भूपूगोर्खा सैनिकलाई पेन्सनको रुपमा उपलब्ध गराएको छ ।
 
यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो ।
 
भारत सरकारले पेन्सनका लागि छुट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालको कुल रक्षा बजेटभन्दा झन्डै दुई गुणा बढी हुन आउँछ ।
 
सन् २०१६÷१७ मा नेपालको कुल रक्षाबजेट ३६ अर्ब १ करोड ८० लाख ५ हजार रुपैयाँ छ भने भारतले नेपालमा रहेका भूपू गोर्खा सैनिकको पेन्सनका लागि ४० अर्ब रुपैयाँ छुट्टाएको देखिन्छ । 
 
भारतले थोरै मात्र भूपू सैनिकलाई चेकमार्फत रकम उपलब्ध गराउँछ, बाँकीलाई विभिन्न क्याम्प र कार्यलयमार्फत रकम उपलब्ध गराउँदै आएको छ ।
 
भारतको बढ्दो सैनिक सञ्जालले नेपालभित्रको सूचना संकलन गर्ने काम गरेको आरोप लाग्न थालेको छ ।
 
 ‘सिधै त नगर्लान तर केही न केही हुन सक्छ । अन्य क्रियाकलाप भए राष्ट्रिय स्वार्थका लागि घातक हुन सक्छ । 
 
मूल्यांकन गरेर सचेत हुन जरुरी छ’, नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका प्रमुख कार्यकारी अधिकृत तथा नेपाली सेनाका पूर्वसहायक रथी सुरेश शर्माले भने । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ