arrow

जमाइ भर्डीलाई मार्ने धम्की, लेस्टरका पूर्व म्यानेजर हटाउन भूमिका नखेलेको स्पष्ट

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
ranieri-vardy.jpeg
काठमाडौं । इङलिश प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीका स्ट्राइकर जामी भर्डीलाई मार्ने धम्की आएको छ । क्लवका पूर्व म्यानेजर क्लाउडियो रेनेरीलाई हटाउन भूमिका खेलेको आरोपमा उनलाई मार्ने धम्की आएको हो । भर्डीले यो घटनाले आफ्नो परिवारमा पनि तनाव सिर्जना भएको बताएका छन् । 
 
भर्डीले लेस्टरका सबैभन्दा सफल म्यानेजर रेनेरीलाई हटाउन आफ्नो कुनै भूमिका नरहेकोसमेत स्पष्ट पारेका छन् । लेस्टरले क्लवलाई ऐतिहासिक सफलता दिलाएको नौ महिनापछि गत महिना रेनेरीलाई हटाएको थियो । लेस्टर खस्किएपछि रेनेरीलाई हटाउने निर्णय गरेको थियो ।  
 
च्याम्पियन्स लिग फुटबल अन्तर्गत राउण्ड अफ सिक्सटिनको खेलमा स्पेनिश क्लव सेभियासंग भोगेको हारपछि रेनेरीलाई हटाउने निर्णय भएको थियो । त्यतिबेला भर्डीले क्लव व्यवस्थापनसंग तीन घण्टा बसेर डोपिङ परीक्षणका विषयमा कुरा गरेका थिए ।
 
तर उनलाई सोही तीन घण्टामा व्यवस्थापनसंग रेनेरी हटाउनेबारेमा छलफल गरेको आरोपमा मार्ने धम्की आएको हो । 
 
भर्डीले उनकी श्रीमती र बच्चालाई पनि मार्ने प्रयास भएको जनाएका छन् । 
Ranieri and Vardy shake hands on the manager's last night as Leicester City boss in Seville
Vardy says there were attempts to run his wife, Rebekah, and children off the road
Vardy celebrates scoring for Leicester on Saturday before being called up for England



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ